दमकको फोहोर व्यवस्थापनमा चुलाचुलीसँग सहमति

फोहोरमैला व्यवस्थापन समिति बनाएर विज्ञसँगको छलफलबाट विकल्प तयार गरिने

फोहोरको दीर्घकालीन व्यवस्थापन नभएसम्म व्यवस्थापन गर्ने, फोहोर छोपेर लैजाने, फोहोर स्रोतमा नै कुहिने र नकुहिने छुट्याएर लैजाने सहमति

दमक, ८ बैशाख –  दमकको फोहोरले गाउँमा दुर्गन्ध फैलिएपछि आन्दोलित बनेका इलामको चुलाचुलीबासी र दमक नगरपालिकाबिच सहमति भएको छ। दमकको फोहोरले बस्तीमा असर गरेको भन्दै गत शनिबारदेखि चुलाचुली गाउँपालिका–५ का वडाध्यक्ष बबिन राईको संयोजकत्वमा संघर्ष समिति नै बनाएर दमकको फोहोर फाल्न अवरोध भएको थियो।

दमक नगरपालिकाले चुलाचुली गाउँपालिकासँगको सिमानामा रहेको दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँक्दै आएको छ। फोहोरले चुलाचुली– ५ का रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटार बस्ती प्रभावित भएका भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। बुधबार संघर्ष समिति र दमक नगरपालिकाको बैठकले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि दमक र प्रभावित क्षेत्र चुलाचुलीका स्थानीय सम्मिलित ९ सदस्यीय फोहोरमैला व्यवस्थापन समिति बनाउने सहमति गरेको चुलाचुली– ५ का वडाध्यक्ष बबिन राईले जानकारी दिनुभयो । उक्त समितिले स्थलगत अवलोकन गर्ने, विज्ञसँग छलफल गर्ने, विकल्प तयार गर्ने स्थानीयको गुनासो सुन्नेलगायत निर्णय भएको उहाँले बताउनु भएको छ ।

दमक– ७ का वडाध्यक्ष भीम पौडेलको संयोजकत्वमा समितिले २१ दिनभित्र काम सक्ने सहमति भएको छ । यस्तै, फोहोरको दीर्घकालीन व्यवस्थापन नभएसम्म व्यवस्थापन गर्ने, फोहोर छोपेर लैजाने, फोहोर स्रोतमा नै कुहिने र नकुहिने छुट्याएर लैजाने सहमति भएको पनि उहाँको भनाई छ ।

यस्तै, फोहोर प्रशोधन क्षेत्रमा छरपस्ट रहेको फोहोरलाई गन्ध नआउने गरी पुर्ने, किटनासक औषधि छर्कने सहमति भएको छ।सहमतिसँगै दमकको फोहोर ६ दिनपछि आजबाट उठ्न थालेको छ । आउने दिन यस्ता गुनासो आउन नदिन समन्वय गर्ने सहमति भएको पनि बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट