विचारको संकटले निम्त्याएको ‘सेमिफूङ’ दमकमा प्रदर्शन हुने

दमक, ८ जेठ / किरात सांस्कृतिक मिथकमा आधारित चलचित्र ‘सेमिफूङ’ (आगोको फूल) जेठ ९ र १० गते दमकमा प्रदर्शन हुने भएको छ ।

 

चलचित्र निर्माण पक्षले दमकमा पत्रकार सम्मेलन गर्दै दमकस्थित डीम्याक्स हलमा चलचित्र प्रदर्शन गर्ने जानकारी गराएको हो । लिम्बू पृष्ठभूमिको चलचित्र भएको भएपनि ‘सेमिफूङ’ले आदिवासी जनजाति मात्र नभएर गैर आदिवासी जनजातिको पनि मिथ बोलेको यसका लेखक राज थापा काउचा मगरले उल्लेख गर्नुभयो ।

 

विविधतामाथि अर्को संस्कृतिले हस्तक्षेप गर्ने प्रकारका गतिविधि समेत भएको प्रसंग समेत थापाले अघि सार्नुभयो । उहाँले प्रविधि र चेतनाको विकासले उपनिवेशीकरण समेत सिर्जना गरेकोले मानिस विचारको संकटको चौबाटोमा आइपुगेको सुनाउनु भयो । ‘उपनिवेशीकरणसहितले सिर्जना गरेको वैचारिक संकटले मौलिक सांस्कृतिक पक्षमाथि समेत संकट पारेको कुरा ‘सेमिफूङ’ ले स्मरण गराउने छ ।’–उहाँले प्रष्ट्याउनु भयो ।
४० लाखको लगानी भएको जानकारी गराउँदै सो चलचित्रका नायक वविन आङदेम्बेले पूर्वको संस्कार संस्कृतिको कथा पूर्वबाटै प्रदर्शनमा ल्याइएको उल्लेख गर्नुृभयो ।

 

पत्रकार सम्मेलनमा किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ, लिम्बू चलचित्रकर्मी कलाकार विक्रम फागो वनेम, ‘सेमिफूङ’ का गीतकार साङ्गसेन पन्धाकसहितको उपस्थिति रहेको थियो ।

 

रवि शेर्माको निर्देशन रहेको याक्थुङ फिल्मस् प्रालिको व्यानरमा निमित सो चलचित्र इलाम, झापा र मोरङमा छायांकन गरिएको छ । चलचित्रमा अधिकांश नेपाली भाषा र केही मात्रामा लिम्बू भाषा समेटिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय