दमक, ८ जेठ / झापा बाह्रदर्शी गाउँपालिका वडा नम्बर ६ स्थित मिनी माउण्टेन इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १७ जना विद्यार्थी विद्यालयमा भएको धाराको पानी पिउँदा बिरामी परेका छन् ।
बुधबार दिउँसो पानी पिएपछि पेट दुख्ने बिरामी भई बिर्तासिटी अस्पताल बिर्तामोड लगि उपचार गराइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पानी पिएर ९ देखि ११ वर्षसम्म विद्यार्थी बिरामी परेका छन् ।
सो घटनाको अनुसन्धानका लागि घैलाडुब्बाबाट प्रनानि बल कुमार राईको कमाण्डमा टोली खटिएको छ ।









