दमकमा पनि यूनिक्याम्पस ग्लोवलको शाखा, काठमाण्डौको सेवा अव दमकबाटै

दमक, १०, बैशाख –  झापाको दमकमा युनि क्याम्पस ग्लोबलको शाखा कार्यालय उद्घाटन गरिएको छ । दमकस्थित दमक मलको दोश्रो तलामा कार्यालय रहेको युनि क्याम्पस ग्लोबलको दमक शाखा कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

 

 

दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी भट्टराईले आज भोलि अध्ययनका लागि बिदेशतिरै ईच्छा देखाउनेहरुको संख्या बढ्दै गएका बेला त्यस्ता बिद्यार्थीहरुलाई सहजीकरण गर्नका लागि खुलेका यस्ता संस्थाहरुले काठमाण्डौंको सेवापनि स्थानीय शहरमै आउन थालेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

 

 

उहाले युनिक्याम्पस ग्लोबलको दमक शाखाले केहिलाई रोजगारीपनि प्रदान गरेको भन्दै विश्व प्रतिष्पर्धामा नेपाली युवा युवतीहरुपनि सक्षम छन् भन्ने उदाहरणपनि रहेको उल्लेख गर्नुभयो ।

 

 

यस्तै, उद्घाटन कार्यक्रमका अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले राजनीति प्रति बढ्दै गएको बितृष्णाले धेरैले देश छाड्ने सोच बनाएको भएपनि उता सिकेको सिप स्वदेश फर्किएर लागू गर्न सुझाव दिनुभयो । २४ बर्ष पुरानो शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित युनिक्याम्पस ग्लोबलको दमकमा खुलेको शाखा उपत्यका बाहिर छैंठौं रहेको युनिक्याम्पस ग्लोबल केन्द्रिय कार्यालयका सिनियर म्यानेजर केदार कोईरालाको भनाइ छ ।

 

 

आफुहरुले बिगतदेखीनै यस संस्था मार्फत बिशेष गरि अष्ट्रेलिया जाने ईच्छुक बिद्यार्थीहरुलाई सहजीकरण र शैक्षिक परमर्शको काम गरिरहेको उहाको भनाइ छ । यसैबिच, युनिक्याम्पस ग्लोबलको दमक शाखा उद्घाटनको अवसर पारेर सञ्चारकर्मी भूमिराज पराजुलीलाई नगद ५ हजार रुपैया सहितको ज्योती शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

 

कार्यक्रममा युनिक्याम्पस ग्लोबलका केन्द्रिय कार्यालयबाट आउनुभएका ब्रान्च कोअर्डिनेटर कृष्ण न्यौपाने, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, शैक्षिक ब्याक्तीत्वहरु, प्रबिण चाम्लिङ, बिरेन्द्र बस्नेत, दिपेन्द्र पौडेल, दिपक न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

 

 

उद्घाटन कार्यक्रममा शैक्षिक ब्याक्तीत्व समेत रहनुभएका समाजसेवी झप्ट बहादुर पौडेल र मात्रिका प्रसाद दाहालकोपनि सहभागिता रहेको थियो । युनिक्याम्पस ग्लोबलका दमक ब्राञ्च म्यानेजर केदार बाबु पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै, उद्घाटनकै अवशर पारेर युनिक्याम्पस ग्लोबल दमक शाखाले बिद्यार्थीहरुलाई बिभिन्न छुट सुबिधा उपलब्ध गराईएको ब्राञ्च म्यानेजर पौडेलले जानकारी गराउनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा