देश विहीनताको पीडा

भुटानीहरूका नभनिएका कथाहरू सार्वजनिक

यो केवल भूतकालको दस्तावेज होइन, वर्तमान र भविष्यका लागि एउटा ऐतिहासिक साक्षी पनि भएको ठहर छ ।

अमेरिका, १० जेठ । ‘पश्चिमी म्यासाचुसेट्समा बसोबास गर्ने भूटानीहरूको नभनिएका कथाहरू’ शीर्षकको एक सशक्त वृत्तचित्र हालै सार्वजनिक गरिएको छ ।

यूनिभर्सिटी अफ मेसाचुसेट्स (यूमास) को इतिहास विभागसँगको सहकार्यमा भुटानी सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्स (बीएसडब्ल्यूएम) द्वारा निर्माण गरिएको सो वृत्तचित्रले लामो समयदेखि मौन रहेको भुटानी शरणार्थी समुदायको पीडादायी इतिहासलाई पहिलो पटक दस्तावेजी ढंगले प्रस्तुत गरेको छ

मास ह्युमनिटिज र म्यासाचुसेट्स राज्यको एसियाली अमेरिकी तथा प्यासिफिक आइल्याण्डर्स आयोगको आर्थिक सहयोगमा सम्पन्न यो मौखिक इतिहास परियोजनामा पश्चिमी म्यासाचुसेट्समा बसोबास गरिरहेका ५० वर्षमाथिका ६ जना भूतपूर्व शरणार्थीहरूको जीवन अनुभव समेटिएको छ । ती पात्रहरू हुनुहुन्छ : नारद अधिकारी, राम गुरुङ, दिल तामाङ, नारायण अधिकारी, भीम तिवारी र गंगा शर्मा ।

अन्तर्वार्ताकारका रूपमा केविन दर्जी र लीला चम्लागाईंले भूमिका निर्वाह गरेका छन् भने भिडिओ सम्पादन तथा ट्रान्सक्रिप्सनमा हरि खनाल र रमन खनाल सक्रिय रहनु भएको छ ।

वृत्तचित्रले भुटानमा नेपालीभाषी लोछाम्पा समुदायमाथि ‘ड्रिगलम नामजा’ नीतिका नाममा भएको भाषा, संस्कृति, वेशभूषा र नागरिकतामाथिको हस्तक्षेप र १९८५ को नागरिकता ऐनपछि सुरु भएको योजनाबद्ध निष्कासनको कथा सुनाउँछ । लाखौं नेपालीभाषीहरूलाई अवैध नागरिक घोषणा गरी ‘स्वैच्छिक’ माइग्रेसन फारममा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसका कारण उनीहरू आफ्नै देशबाट बलात् निर्वासित भए ।

भारतमार्ग हुँदै नेपाल आएका उनीहरू झापा र मोरङका शरणार्थी शिविरमा पुग्न बाध्य भए । अत्यधिक अभावमा बिताएका ती २२ वर्षका शिविर जीवनमा पनि उनीहरूले सामुदायिक विद्यालय सञ्चालन गरे, स्वास्थ्य सेवा पुर्‍याए र सहनशीलताको उदाहरण प्रस्तुत गरे । तर नागरिकताको टुंगो नलागेपछि, संयुक्त राष्ट्र संघीय शरणार्थी संस्था (युएनएचसीआर) को पहलमा तेस्रो देश पुनर्वासको प्रक्रिया सुरु भयो ।

पश्चिमी म्यासाचुसेट्स आइपुगेपछि उनीहरूले पुनः नयाँ देश, भाषा, समाजसँग जुध्दै आफ्नो पहिचान र भविष्य निर्माणको यात्रा थाले । आज उनीहरू शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी र स्वास्थ्यकर्मीको रूपमा स्थापित भइसकेका छन् । नयाँ पुस्तालाई शिक्षा र संस्कार हस्तान्तरणमा उनीहरूको योगदान उल्लेखनीय छ

परियोजना निर्देशक दुर्गा गिरीको नेतृत्वमा तयार भएको यो वृत्तचित्र केवल भूतकालको दस्तावेज होइन, यो वर्तमान र भविष्यका लागि एउटा ऐतिहासिक साक्षी पनि भएको ठहर छ । हरि खनाल भन्नुहुन्छ ‘पश्चिमी म्यासाचुसेट्समा भूटानीहरूको नभनिएका कथाहरू’ यस्ता मौन आवाजहरूको समुच्च स्वरुप हो, जसले हजारौं जीवनका सत्यतालाई सार्वजनिक बनाउँछ । यो केवल पश्चिमी म्यासाचुसेट्सका लागि होइन, सम्पूर्ण मानवता र इतिहासका लागि सन्देश हो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट