नेपाल चीनबीचको सांस्कृतिक सम्बन्ध

चीनमा नेपाली सांस्कृतिक प्रवर्द्धनमा अग्रसरता

नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन सम्मान तथा पुरस्कार, २०८१ प्रदान

चीन, ११ जेठ / नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवद्र्धनका लागि साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ ।

 

एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो ।

 

कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्दना, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरूले विशेष साङ्गीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरूले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वन्दनालाई एमरजिन सिङ्गर अवार्ड र गायक खत्रीलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको थियो ।

 

 

एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवद्र्धनको सेतु भएको बताउनु भयो । उहाँले नेपालको पहिचान र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य यही मञ्चबाट साकार हुँदैछ भन्ने आफूले महसुस गरिरहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा थय सहयोग पुगेको बताउनु भयो ।

 

एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले यस प्रकारका कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवद्र्धनका लागि समर्पित रहेको बताउनु भयो । (रासस)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट