सर्पदंश उपचार केन्द्र दमकको उपचार अभियान

१० महिनामा ६ सय बढी विरामीको उपचार

दमक, १२ जेठ / झापाको दमकमा रहेको सर्पदंश उपचार केन्द्रले पछिल्लो १० महिनामा सर्पले डसेका ६ सय ६ जनाको उपचार गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्ममा सर्पको डसाईबाट घाइते बिरामीको उपचार गरेको हो ।

 

 

उपचार केन्द्रको तथ्याङकअनुसार साउन महिनामा १ सय ४७, भदौमा १ सय १९, असोजमा ८८, कार्तिकमा ७१, मंसिरमा ३९, पुसमा १५, माघमा ९, फागुनमा ८, चैत्रमा ४३ र बैशाखमा ४० बिरामीको उपचार गरेको विवरण छ ।

 

केन्द्रमा विषालु र अविषालु दुबै खाले सर्पको टोकाइका बिरामीहरु आउने गरेको उपचार केन्द्रका बरिष्ठ प्राविधिक खेमचन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार यहाँ आउने अधिकांश बिरामीको उपचारपश्चात सामान्य अवस्थामा घर फर्कने गरेका छन् । केही जटिल अवस्थाका बिरामीको भने भेन्टिलेटरमा राख्नैपर्ने विरामी भए विर्तामोड, धरान र बिराटनगरका अस्पतालमा रेफर गरिने गरेको अधिकारीको भनाइ छ ।

 

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार सेवा केन्द्रले पूर्व नेपालका धेरै जिल्लाका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट