अनुशीलन

असमिया भाषा साहित्यमा समेत सक्रिय अत्री

दमक, १३ जेठ / उहाँको हुर्कने, बढ्ने र स्नातकसम्मको अध्ययन गर्ने क्रम भारतको असममा वित्यो । त्यहाँको साहित्यिक गतिविधिमा सामेल समेत बन्दै सृजना कर्ममा आफूलाई अघि बढाउनु भयो । अर्थात हाल झापा दमक १ मा स्थायी बसोबास गर्दै आउनु भएका साहित्यकार प्रकाश गौतम अर्थात बैदिक अत्री असमका साथै पूर्वी नेपालमा फरकशैलीमा कविता लेख्ने कविका रुपमा परिचित हुनुहुन्छ ।

 

खेमचन्द्र गौतम र धनमाया गौतमका जेठो सन्तानका रुपमा आफ्‌नो सृजनशील कर्म अघि बढाउँदै आउनु भएका अत्रीकी अर्धाङ्गिनी टीका सुवेदीका साथै छोरी प्रान्सु र छोरा प्रान्तिकको प्रगाढ साथसमर्थनमा ५० औं वर्षको जीवन यात्राका क्रममा समेत आफूलाई उर्जाशील बनाउँदै आउनु भएको छ ।
असममा रहँदा नेपाली, अंग्रेजी, असमिस र हिन्दी भाषा समेतमा विगत ३० वर्षअघिबाट साहित्य लेखनको प्रारम्भ भएको अवस्थामा नेपालमा आएपछि त्यसमा थप मलजल हुने मौका पायो । त्यसैको परिणाम स्वरुप पूर्वको साहित्यमा कविका रुपमा चिनिनु भएका अत्रीको पहिलो कविता संग्रह ‘प्रेमको आकाश’ प्रकाशित भयो । दोस्रो कृतिका रुपमा असमेली कविताहरूको अनुवाद संग्रह प्रकाशनको संघारमा छ ।

 

शब्द नेशनल लिटरेरी एण्ड कल्चरल फेस्टिभल असमलगायतका साहित्यिक अभियान एवम् संस्थाहरुबाट सम्मानित उहाँ ह्युमन राइट्स इन्टरनेशनल फेडेरेशनको नेपाल सदस्य समेत रहनु भएको छ । उहाँसँग साहित्यिक गतिविधिका बारेमा उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भलाकुसारीको भिडिओ सामग्री प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण