अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त

आस्था तथा युनिक कलेजको कुलिनरी आर्ट भारतमा सम्मानित

दमक, १६ जेठ / झापाको दमकमा रहेको आस्था तथा युनिक कलेजबाट सञ्चालित पाथीभरा कुलिनरी आर्ट प्रालि उत्कृष्ठ होटल मेनेजमेन्ट संस्थाका रुपमा भारतमा सम्मानित भएको छ ।

 

मेरिट अवार्ड एण्ड मार्केट रिसर्च प्रालिले भारतको मुम्बईस्थित पाँचतारे होटल होलिडे इनमा आयोजना गरेको ग्लोबल कुलिनरी एण्ड हस्पिटालिटी एक्सलेन्सी अवार्ड २०२५ बाट पाथीभरा कुलिनरी सम्मानित भएको हो । सो कार्यक्रममा लेजेन्ड्री सेफ लाइफटाइम एचिभमेन्ट अर्वाडबाट पाथीभराका ब्रान्ड एम्बासेडर सेफ साई कुमार शर्मा सम्मानित बन्नु भएको छ ।

 

आस्था तथा युनिक कलेजले यसखाले अन्तर्राष्ट्रियस्तरको सफलता हाँसिल गर्ने पाथीभरा कुलिनरीको टिमलाई विशेष धन्यवाद प्रदान गरेको छ ।

 

 

मास्टर सेफ सञ्जीव कुमारको कार्यक्रममा प्रमुख आतिथ्यता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।