दमक, १७ जेठ / झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लालपानी मण्डलबस्तिस्थित कृष्ण मण्डलको मकै बारीमा मानव कंकाल फेला परेको छ ।
सडीगलेको अवस्थाको सोही ठाउँका माननिक सन्तुलनमा समस्या भएका ४४ वर्षीय ओमप्रकाश श्रेष्ठको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत जेठ १ गते घरबाट हिडी हराएको अवस्थामा त्यहाँ मृत भेटिएको हो । घट्नास्थलको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी मानव कंकाल पोष्टमार्टमका लागि धरान घोपा पठाइएको र घटना बारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।









