साबधानी अपनाउ

खोटा नोटसहित एक व्यक्ति काँकडभिट्टाबाट नियन्त्रणमा, १०० थान जफत

झापा, १९ जेठ | झापाको काँकडभिट्टामा रंगिन प्रिन्ट गरिएको खोटा नेपाली नोटसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला तेह्रथुम ओयाक्जुङ गाउँपालिका–५ नेलईका २८ वर्षीय गणेश भारती गए राति करीब ९ बजे नेपाल बैंक अगाडि शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई जाँच गर्ने क्रममा एक हजार दरको जस्तो देखिने खोटा नोट १०० थान फेला पारेको जनाएको छ। ती नोट रबरले बाँधिएको अवस्थामा थिए।

प्रहरीका अनुसार भारतीको साथबाट फेला परेका नोटमध्ये:

नोट नं. ञ.३१, ८६६५७९ उल्लेख भएको ४२ थान,

नोट नं. ज.१२, ०८३५७९ उल्लेख भएको ५६ थान,

नोट नं. झ.७६.२३८८२६ उल्लेख भएको २ थान
रहेको छ।

खोटा नोटसहित नियन्त्रणमा लिइएका भारतीमाथि मुलुकी फौजदारी संहिता, २०७४ अनुसार खोटा चलनसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले खोटा नोट उत्पादन तथा वितरणमा संलग्न अन्य व्यक्तिको खोजी समेत सुरु गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट