एमालेको म झोले हो अभियान

भाईरल बनाईरहिएको ‘म झोले हो’ लेखिएको पोष्टरको बास्तविकता

दमक, १९ जेठ |  अहिले नेकपा (एमाले) का नेता कार्यकर्ताले ‘म झोले हो’ लेखिएको पोष्टर धमाधम आफ्नो वालमा सेयर गरिरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसहित शुभेच्छुकले पोष्टर सेयर गरिरहेका हुन् ।

अध्यक्ष ओलीले आज बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे लगत्तै सबैले यसलाई आफ्नो वालमा आफ्नो तस्वीरसहित सेयर गरिरहेका हुन् ।

पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।

सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ ।

 

पोस्टरमा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको पनि उल्लेख गरिएको छ ।

पछिल्लो समय राजवादीको आन्दोलन चर्किरहेका बेला त्यसैलाई लक्षित गर्दै एमालेमा पोष्टर ट्रेन्ड चलेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले शनिबार एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै झोले हुनुमा आफूलाई गर्व लाग्ने बताएका थिए।

त्यहाँ प्रधानमन्त्रीले बोलेको यो वाक्यलाई नेता कार्यकर्ताले क्लिक गरेर ट्रेन्डिङ चलाएका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट