विज्ञान प्रविधिमा नयाँ पुस्ता

८ कक्षाका विद्यार्थीले बनाए करेन्ट लाग्नबाट जोगाउने उपकरण

प्रदर्शनीमा आएका विद्यार्थीले विभिन्न आविस्कारबारे जानकारी पाउनुका साथै साथै स्मार्ट सिटीे, स्मार्ट भिलेज लगायत विषयमा पनि सिक्ने मौका पाए ।

विर्तामोड, २८ जेठ । वुद्धशान्ति गाउँपालिका–२ जयपुरको वुद्धआदर्श माविले हालै विर्तामोडमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीमा उत्कृष्ट विद्यालयको उपाधि पायो । उपाधिसँगै विद्यालयले ४ लाख रुपैयाँ नगदसमेत प्राप्त गर्‍याे ।

नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले पहिलोपल्ट आयोजना गरेको प्रदेशस्तरीय प्रदर्शनीमा सहभागी ५५ विद्यालयध्ये वुद्धआदर्श उत्कृष्ट हुनुमा सो विद्यालयका विद्यार्थी विशाल सोहनीको ‘इनोभेसन’ नै काफी थियो । कक्षा ८ मा पढ्ने विशालले १२ दिन लगाएर तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्केट’ अवलोकनकर्ताका साथै निर्णायकको समेत चासोमा परेको थियो ।

‘जब मैले चुँडिएर बाटामा झरेको विद्युतको तारलाई छुुँदा पाथिभरा दर्शनमा यात्रुु लिएर हिडेको गाडी दुर्घटना भएर दुुःखद् मानवीय क्षति भएको समाचार सुुनेँ, त्यस दिनदेखि नै मलाई त्यसलाई रोक्न केही गर्नुपर्छ भन्ने लागेको थियो ।’ यसका लागि युट्युव लगायत विभिन्न माध्यमबाट निकै अध्ययन अनुुसन्धान गर्नुपरेको सोहनी बताउनुहुन्छ । यो काममा सोहनीलाई विज्ञान शिक्षक शिव ढुंगेलले निकै सहयोग गर्नुभएको थियो ।

 

विर्तामोडमा तीन दिन चलेको विज्ञान तथा प्रविधि प्रदर्शनीमा विशालजस्तै सयौं स्कुले विद्यार्थीले आफ्ना खोज अनुसन्धानहरु प्रस्तुत गर्ने मौका पाए । यो प्रदर्शनीले कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नविनतम् सोच, सिर्जना र अन्वेषणसँग सम्बन्धित प्रतिभालाई उजागर गर्ने महत्वपूूर्ण अवसर मिलेको विज्ञान शिक्षक समाज झापाका अध्यक्ष लीलाप्रसाद भण्डारी बताउनुहुन्छ । साथै प्रदर्शनी अवलोकन गर्न आएका हजारौं विद्यार्थीलाई वैज्ञानिक सीप, चिन्तन गर्न प्रोत्साहन मिलेको छ भण्डारीको वुझाई छ ।

प्रदर्शनीमा आएका विद्यार्थीले विभिन्न आविस्कारबारे जानकारी पाउनुका साथै साथै स्मार्ट सिटीे, स्मार्ट भिलेज लगायत विषयमा पनि सिक्ने मौका पाए । फूलबारी मावि बाह्रदशीबाट आएकी शिवानी पोखरेलले प्रदर्शनी एकदमै उत्कृष्ट लागेको प्रतिक्रिया दिनुभयो ।

प्रदर्शनीमा कोशी प्रदेशका १२ वटा जिल्लाका ५५ विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको आयोजक नेकपा एमाले कोशी प्रदेश, विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुुभयो ।

प्रदर्शनीमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले खोज, परिकल्पना र अनुुसन्धानबाट तयार पारिएका परियोजनाहरु स्टलमा राखिएका थिए । प्रतिभाशाली विद्यार्थीको खोज, अनुसन्धान र अन्वेषणलाई उपयोग गर्दै नविनतम् प्रविधिको माध्यमबाट कोशी प्रदेशको समुच्च विकासलाई अघि बढाएर समृद्धि प्राप्तिको यात्रालाई दरिलो बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाई छ । तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा विज्ञानको र प्रविधिको क्षेत्रमा भइरहेका गतिविधि, सुुधार र विकास गर्न आवश्यक पर्ने कानुुनजस्ता विषयमा विषयविज्ञहरु समेतको सहभागितामा अन्तरक्रियासमेत गरिएको थियो ।

प्रदशनीमा सहभागीमध्ये देवी मावि विर्तामोडको ‘देवी रोर्वोट’ दोस्रो भयो भने तेह्रथुमको सिंहदेवी माविले तयार पारेको ‘स्मार्ट भिलेज’ ले तेस्रो पुरस्कार पायो ।

प्रर्दशनीमा राखिएका सामग्री हेर्दा विद्यार्थीहरुमा अथाह सिर्जनशील क्षमता रहेको प्रष्ट हुन्छ । उनीहरुको यो सिर्जनशीलतालाई प्रवद्र्धन गर्दै राष्ट्र विकासमा लगाउन सके नेपाललाई समृद्ध बनाउन समय नलाग्ने अग्रज पत्रकार माधव विद्रोहीको ठम्याई छ ।

( दाहाल नारी सञ्चारगृह झापाको संस्थापक अध्यक्ष हुनुहुन्छ । )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा