अनुशीलन’ ३५

पूर्वमा लोकदोहोरी गीतका अभियन्ता शिव नेपाल

दमक, २८ जेठ / सानै उमेरबाट पाल्पामै हुँदादेखि गीत संगीतको लत बस्यो । अझ त्यसमा पनि त्यस क्षेत्रको सांस्कृतिक महत्वका रुपमा जोडिने गरेको लोक दोहोरीप्रति मन गढ्यो । फलस्वरुप शिवबहादुर नेपाल अर्थात एसके पाल्पाली पूर्वी नेपालमा आएर लोकदोहोरीलाई प्रवद्र्धन गर्ने एक अभियन्ताका रुपमा स्थापित बन्नु भयो ।

 

पाल्पाको तात्कालिन देउराली गाउँपञ्चायत वडा नम्बर ७ मा मेघराज र माता वसन्तादेवीका  छैटौं सन्तानका रुपमा २०२४ साल जेठ १० गते जन्मिनु भएका उहाँ परिवारसहित २०३७ सालमा झापाको लखनपुर बसाई सरेर आउनु भयो । हाल दमक ८ मा बसोबास गर्दै लोकगीत संगीत र जनवादी गीत संगीतमा लागिरहनु भएका उहाँ विकास निर्माण, सहकारी अभियानका विषयमा पनि गीत गाएर आफ्‌नो छुट्टै पहिचान बनाउनु भएको छ ।

 

राष्ट्रिय जनसांस्कृतिक मञ्चका पूर्व केन्द्रीय सदस्य, पूर्वेली लोकदोहोरी परिवारका संयोजक, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका कोशी प्रदेश सदस्य, नेकपा एमाले कोशी प्रदेशको साहित्य कला विभाग सदस्य रहेर लोकगीत संगीतमा सक्रिय हुनुहुन्छ । उहाँसहितको समूहले सहकारी गीतको एल्बम ‘अनुरोध’ प्रस्तुत गरेर सहकारी प्रवद्र्धनमा सघाउनु भयो । दमक रवि चिसापानी सडक निर्माणको गीतमा पनि उहाँको सक्रियता रह्यो । उहाँ हास्यव्यंग्यका प्रस्तोताका रुपमा पनि चिनिनुहुन्छ ।

 

पूर्वाञ्चल लोकगीत प्रतियोगिता, साहित्यक कला संगम दमक, सहकारी संस्था झापासहितबाट सम्मानित पुरस्कृत बन्दै पूर्वमा पछिल्लो समय लोकगीतको निर्णायकको रुपमा पनि भूमिका निर्वाह गर्दै नवयुवा पुस्तालाई लोकगीत संरक्षणमा उत्प्रेरणा भरिरहनु भएको छ । उज्यालोखबररेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जमा कार्यक्रम ‘अनुशीलन’ को ३५ औं श्रृंखलामार्फत उहाँसंग गरिएको भलाकुसारीको भिडिओ सामग्री :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ