काल बन्यो करेन्ट

करेण्ट लाग्दा झापामा एक वृद्धको मृत्यु

झापा, २८ जेठ | झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ६५ वर्षीय किर्खनाथ खनालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान करिब ८:३० बजे खनाल आफ्नै बारीमा बाख्रा चराउन गएका थिए। हात्तीले अन्नबालीमा क्षति नपुर्‍याओस् भन्ने उद्देश्यले उनले खेत वरिपरि लगाएको तारबारमा करेन्ट प्रवाह गरिएको थियो। सोही करेन्ट प्रवाहित तारमा छोइएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जित सिंह राठौरले घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएको जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाले वन्यजन्तुबाट बाली जोगाउन तारमा करेन्ट प्रवाह गर्ने क्रम बढ्दो छ भन्दै यस्ता उपायप्रति सचेत हुन आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।