स्वास्थ्य बीमाका नाममा पीडा

कर्मचारीकाे सानो त्रुटीले शिवसताक्षीकी विना ताँतीको उपचार रोकियो

बीमा प्रणाली कागजमा मात्रै सबल छ, व्यवहारमा झन् धेरैलाई निराश बनाउने बनेको छ।

दमक, ६ असार | नेपाल सरकारले सबै नागरिकलाई समावेश गर्ने स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याएको वर्षौं भइसक्यो। तर, झापाको शिवसताक्षी ४ की विना ताँतीले भोग्नुपरेको पीडा र अपमानित अनुभवले देखाउँछ यो बीमा प्रणाली कागजमा मात्रै सबल छ, व्यवहारमा झन् धेरैलाई निराश बनाउने बनेको छ।

 

 

 

बुधवार बिहान बिरामी भएपछि विना ताँती नजिकैको शिवगंज स्वास्थ्य चौकी पुगिन्। त्यहाँको प्रारम्भिक परीक्षणपछि चिकित्सकले भने, “यहाँ साधन छैन, तुरुन्त दमक वा बिर्तामोड लग्नुहोस्।”

 

 

परिवारले निर्णय गर्यो दमकको निम्स अस्पताल लैजाने। शिवगंज चौकीबाट रेफर समेत बनाएर उनीहरू दमक पुगे। तर, निम्स अस्पतालको बीमा काउण्टरमा पुगेपछि अस्पतालको सिस्टममा उनको रेफर देखिएन। कारण रेफर पुर्जिमा राखिएको बीमा नम्बर गलत थियो।

सिस्टममा छैन रेफर’, उपचारनै रोकियो 

स्वास्थ्य बीमा कार्डमा अंकित बीमा नम्बर र रेफर कागजमा उल्लेख गरिएको नम्बर नमिलेपछि, अस्पतालले ‘सिस्टममा छैन’ भन्दै उपचार गर्न नमानेको विना र उनका श्रीमान् रामशरण दासको गुनासो छ।

“यो हाम्रो मात्रै पीडा होइन, यहाँका धेरै नागरिकलाई स्वास्थ्यकर्मीको गल्तीले उपचार नपाई घर फर्कनु परेको छ,” श्रीमान् दासले गुनासो गरे।

उनका अनुसार, स्वास्थ्य संस्थामा रेफर तयार पार्ने बेलामा नाम, जन्म मिति, उमेर, र बीमा नम्बरमा लगातार गल्ती हुने गर्छ। जसको सीधा असर बिरामीको स्वास्थ्य र समयमा पर्छ।

दुइ पटक उपचार नपाएका अर्का सेवाग्राहीको अनुभव

श्यामसुन्दर राजवंशी पनि यस्तै पीडितमध्ये एक हुन्। उनी भन्छन्, “शिवगञ्ज चौकीले रेफर बनाएर पठाउँछ, तर कार्डमा नम्बर मेल खाँदैन। कहिले जन्म मिति गलत, कहिले नाम नै फरक। मलाई दुई पटक यस्तो भयो।”

उनी जस्ता थुप्रै सेवाग्राहीले भन्न थालेका छन्, “रेफर लिन आफैं एक पीडा बनेको छ।”

स्वास्थ्य संवेदनशील क्षेत्र तर कर्मचारीको लापरवाही घातक

शिवगञ्ज स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक डा. देव शंकर पासवान नै मेडिकल अधिकृत हुन् तर उनलाई सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनी यस विषयमा जवाफ दिन तयार नभएको सेवाग्राहीको भनाइ छ।

 

 

बिरामीलाई घरबाट अस्पताल ल्याउनै झन्झट। एक पटक दमक आउन र फर्कन झन्डै ५०० रुपैयाँ खर्चिन्छ, जुन एक दैनिक मजदुरको सम्पूर्ण दिनको कमाइ हो। तर, अस्पतालकै ढोकामा पुगेर ‘सिस्टममा छैन’ सुन्नु परेपछि नागरिकको आक्रोश स्वाभाविक छ।

‘बीमा नामको बोझ, सेवामा जीर्णता’

शिवगञ्ज जस्ता प्राथमिक स्वास्थ्य केन्द्रहरूले बीमा प्रणाली सही तरिकाले सञ्चालन नगर्दा, त्यसको मार नागरिकले स्वास्थ्य र पैसामा बेहोर्नु परेको छ।

 

 

 

कागजमा छ, नागरिकको उपचारमा सरकारले सुविधा दिने। तर व्यवहारमा साधारण गल्तीले नागरिकलाई उपचारविहीन बनाइदिन्छ।

 

 

 

यसरी एकपटक होइन, पटक–पटक यस्तै गल्तीहरू हुँदै आएकाले, अब यो व्यवस्थागत लापरवाहीलाई राज्यले गम्भीरतापूर्वक नहेर्ने हो भने स्वास्थ्य बीमा प्रणाली नै नागरिकको विश्वास गुमाउने अवस्थामा पुग्ने निश्चित देखिन्छ।
स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक हक हो। बीमा प्रणालीले जनताको अधिकार रक्षा गर्न बनेको हो, बाधा बन्न होइन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म

होर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण

काठमाडौं,११ जेठ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ

रामेछापको उमाकुण्डमा मध्यमार्गी सडक स्तरोन्नति तीव्र

रामेछाप,११ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग

चर्को घाममा शीतलताको छहारी, रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण