दमक,१२ असार । इलामको इलाम नगरपालिकास्थित साँखेजुङमा सडक दुर्घटना हुँदा झापा मेचीनगरका एकजना युवा घाइते भएका छन् ।
दुर्घटनामा झापा मेचीनगर–७ इटाभट्टाका ३८ वर्षीय शुक्रराज लिम्बू रहेका छन् । उनी पाँचथरबाट मोटरसाइकलमा घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
स्थानीयबासी मनकुमार बराइलीका अनुसार उनलाई आज दिउँसो ११ः३० बजेतिर इलाम–१ साँखेजुङ नेपालटारनजिकै ट्रकले ठक्कर दिएको थियो । घाइते लिम्बूलाई वडा अध्यक्ष, प्रहरी, यात्रु र स्थानीयको सहयोगमा उपचारको लागि अस्पताल पठाएको बताइएको छ ।









