आयुर्वेदिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

दमकमा “स्वस्थ जीवनशैली, सशक्त ज्येष्ठ नागरिक” अभियान

उमेरसँगै देखिने समस्याबारे जानकारी दिँदै सन्तुलित जीवनशैली र प्राकृतिक उपचार विधिको महत्त्व बारे चर्चा

 

दमक, १६ असार | “स्वस्थ जीवनशैली, सशक्त ज्येष्ठ नागरिक” भन्ने नाराका साथ दमक–८ मा ज्येष्ठ नागरिक लक्षित आयुर्वेदिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। सोमबार अर्गानिक तरकारी बजार परिसरमा आयोजित स्वास्थ्य शिविरमा १२५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको छ।

 

 

पाथीभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको आयोजनामा र दमक–८ वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा ६० वर्षदेखि ९७ वर्ष उमेर समूहका नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

 

 

 

शिविरमा रक्तचाप मापन, सामान्य स्वास्थ्य परीक्षण तथा आयुर्वेदमा आधारित निःशुल्क परामर्श र औषधि वितरण गरिएको फाउन्डेसनले जनाएको छ।

 

 

 

कार्यक्रमका प्रमुख अतिथि दमक–८ का वडाध्यक्ष धर्मप्रसाद दहाल (दिपेश)ले ज्येष्ठ नागरिकका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताए। “स्वास्थ्यप्रति सचेतना बढाउन यस्ता शिविरहरू नियमित रुपमा सञ्चालन गर्न आवश्यक छ,” उनले भने।

 

 

त्यसैगरी, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले उमेरसँगै देखिने समस्याबारे जानकारी दिँदै सन्तुलित जीवनशैली र प्राकृतिक उपचार विधिको महत्त्व उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिनुभयो ।

 

 

 

फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दमकभरि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू अभियानकै रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै भविष्यमा अझ बृहत् र समावेशी कार्यक्रम ल्याइने घोषणा गर्नुभयो । “हामी जनस्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका लागि निरन्तर नवीन कार्यक्रम गर्दैछौं,” उहाँले भन्नुभयो।

 

 

 

फाउन्डेसनका सचिव अर्जुन पौड्यालका अनुसार शिविरमा आयुर्वेद विशेषज्ञमार्फत निःशुल्क औषधि वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी टेकनाथ अर्यालले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चर्को घाममा शीतलताको छहारी, रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा