रोमन थापाको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कारको तयारी रोकियो

दमक ,असार १७ । झापा शिवसताक्षी नगरपालिका ९ बस्ने १९ वर्षीय रोमन थापाको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कारको तयारी रोकेर शवलाई पोस्टमार्टमको लागि धरान पठाइएको छ । असार १४ गते बिहान रोमन थापा बिरामी भई उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको थियो । सोही दिन शव आफन्तले बुझी घरमा ल्याई राखेका थिए ।

 

 

भोलिपल्ट दाहसंस्कार गर्नको लागि तयारी गर्दा रोमनको केही दिन अगाडी तत्काल पहिचान खुल्न नसकेका व्यक्तिहरुसँग झगडा भएको र सोही झगडामा कुटपिट भएको भन्ने अपुष्ट खबर प्राप्त भएको थियो । त्यो कुरा सुनेर परिवारले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका थिए । तर प्रादेशिक अस्पतालले पोस्टमार्टम गर्न असमर्थता जनाएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

 

 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताउनु भयो । उहाँले अहिलेसम्म कसैमाथि उजुरी नपरेको र उजुरी परेपछि कार्वाही अघि बढाइने जानकारी दिनु भयो । पोस्टमार्टम रिपोर्ट नआएसम्म परिवारले रोमनको अन्त्येष्टि नगर्ने बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।