तीनजना हिरासतमुक्त

गोरु काटेर मासु बिक्री गर्ने खोटाङका तीनजना रिहा

 

 

 

खोटाङ / खोटाङमा गोरु काटेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् । गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासतमुक्त भएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङलगायतको पहलमा उनीहरू रिहा भएका हुन् । प्रहरी हिरासतमुक्त भए पनि उनीहरूमाथिको अनुसन्धान र कारबाही प्रक्रिया जारी रहने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु बिक्री गरिरहेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि जनजाति सम्वद्ध संगठन र जनजाति नेताहरूले विरोध जनाएका थिए ।

राई, तामाङ, शेर्पालगायतका जनजाति समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर गोरु काट्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । यही विषयले गर्दा जनजातिस समुदाय र स्थानीय प्रशासन/प्रहरीबीचमा बेलाबेलामा द्वन्द्व सिर्जना हुने गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा