नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुने

दमक, २२ असार । नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ’ए’ साइड हकी प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपल्ट फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ।

 

 

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की संघका महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइनु भयो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

 

 

समूह ’ए’ मा कोशी, बागमती र सुगूरपश्चिम तथा ’बी’ मा आर्मी, गण्डकी र मधेश छन् । यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको टेक्निकल डाइरेक्टरले जानकारी दिनु भयो । उहाँका अनुसार यो फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछन् । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको