भोजपुरको नरसंहार

भोजपुरमा मारिएका चार जनाको इटहरीमा अन्त्येष्टि, अभियुक्त अस्पतालमै प्रहरी निगरानीमा

प्रहरीले घटनालाई प्राथमिकताकासाथ अनुसन्धान गर्दै

भोजपुर, २३ असार | भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डमा ज्यान गुमाएका चार जनाको सोमबार साँझ अन्त्येष्टि गरिएको छ। इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा पीडित परिवारले उनीहरूको अन्तिम संस्कार गरेका हुन्।

हत्या गरिएका व्यक्तिहरूमा १६ वर्षीया मनिषा गिरी, उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, आमा ४५ वर्षीया मञ्जु गिरी, र ९ वर्षीय भाइ सपन गिरी रहेका छन्।

शवलाई प्रारम्भमा जिल्ला अस्पताल भोजपुर लगिएको थियो, तर पोष्टमार्टम उपकरणको अभावका कारण आइतबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। आवश्यक परीक्षणहरूपछि शव परिवारको जिम्मा दिइएको हो।

प्रेम विवाहपछि हत्या, अभियुक्त आफैँ पनि घाइते

प्रहरीका अनुसार, हत्या घटनाका मुख्य अभियुक्त ३० वर्षीय राजेन्द्र राई हुन्, जो पीडित मनिषा गिरीका पति हुन्। उनी हाल धरानको बिपी प्रतिष्ठानमा उपचाररत छन् र प्रहरीको निगरानीमै राखिएको छ।

अभियुक्त राईले आफ्नै श्रीमतीसहित उनका तीन जना परिवारको हत्या गरेको स्वीकार गरेका छन्। घटनास्थलमै घाइते अवस्थामा भेटिएका राईको उपचारपछिको बयान तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी युवराज तिमिल्सिनाका अनुसार, “बिरामीको उपचार र शवको पोष्टमार्टमपछि थप खुल्न सक्छ। अनुसन्धान अहिले पनि जारी छ।”

सामूहिक हत्या जस्तो गम्भीर अपराधको कारण, प्रकृति र पृष्ठभूमि अझै स्पष्ट हुन बाँकी रहेकाले प्रहरीले घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।