विराटनगर महानगरपालिकामा कोरोना भाइरसको संक्रमण

दमक ,२४ असार । कोरोना भाइरसको संक्रमण फेरि देखा पर्न थालेपछि विराटनगर महानगरपालिकामा सतर्कता अपनाउन थालिएको छ । केही समय शान्त रहेको कोरोना अब पुनः सक्रिय बन्दै जाँदा सर्वसाधारणमा चिन्ता बढेको छ ।

 

 

महानगरको स्वास्थ्य महाशाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म महानगरभित्र ४ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरिएको छ । स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार संक्रमितमध्ये विराटनगर–१६ नम्बर वडामा एक जना, वडा नम्बर २ मा दुई जना र वडा नम्बर ९ मा एक जना रहेका छन । कोरोनाको फैलावट रोक्न महानगरले असार २५ र २६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ ।

 

 

यो अभियान विशेषत दीर्घरोगी र ५५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरि सञ्चालन गरिने बताँउनु भयो । डा. यादवका अनुसार यी समुहका व्यक्तिहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पहिलो प्राथमिकतामा राखिएको हो । खोप विराटनगरको १९ वटै वडाका स्वास्थ्य चौकीहरूमा सहज रूपमा उपलब्ध गराइने महानगरले जनाएको छ ।

 

यदि कसैमा कोरोनाको लक्षण देखा परेमा पनि परीक्षण गरी खोप लिन सकिने व्यवस्था गरिएको बताँउनु भयो । साथै, ज्वरो, खोकी, नाकबाट पानी आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य चौकीमा जान डाक्टर यादवले आग्रह गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले