चट्याङले लागेर २ जना घाइते

दमक, २५ असार । वर्षासंगै परेको चट्याङले लागेर घाइते भएका ताप्लेजुङ सदिङ्वा – ३ थुङरुङ्वा बस्ने ३५ वर्षीय राजकुमार लिम्बू (देवान) को मृत्यु भएको छ ।

 

 

हिजो साँझ आफ्नै घरमा बसिरहेको अबस्थामा पानीसंगै परेको चट्याङले लागेर उनी घाइते भएका थिए ।घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा साब्लाखु स्वास्थ्य चौकीमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

त्यस्तै सोही पालिकाको वडा नं ५ लिम्बुदिन बस्ने १७ वर्षिय मिसन लिम्बू पनि चट्याङले लागेर घाइते भएका छन् । मेघगर्जन सुरु भएसंगै घरमा बिजुली लाइनको एमसीपी झार्ने क्रममा लिम्बूलाई चट्याङ लागेको प्रहरीको बताएको छ । लिम्बूको अनुहार र जिउमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनु भयो । उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको परिवारले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा