सुकुम्वासीहरूले कुटपिट

सुकुम्बासीद्धारा भू–माफियालाई कुटपिट र गाडी तोडफोड

 

 

पथरी : मोरङको कानेपोखरी गाउँपालिका स्थित ६ नम्बरको दहिधापमा अर्काको जग्गा हेर्न आउने भू माफियाहरुलाई स्थानीय सुकुम्वासीहरूले कुटपिट गरेका छन् ।

बिहिबार ६ नम्बरको दहिधापमा काठ्माडौं निवासी हिरामणी दाहाल र हरिप्रसाद दाहालको नाममा रहेको जग्गा हेर्न आउने तीन जनालाई मरणासन्न हुने गरी कुटपिट गरेको हो । रामेछाप जिल्ला सुनपाती गाउँपालिका घर भई काठमाडौँ बस्दै आएका सेरबहादुर मगर, काठमाडौँ जोरपार्टी ७ बस्ने पर्लादमान सिंह बस्नेत र सोलुखुम्बु दुधकुन्जा नगरपालिका बस्ने नूतन श्रेष्ठलाई स्थानीयले पक्राउ गरी कुटपिट गरेको हो । आक्रोशित स्थानीयहरूले उनीहरू सवार बा ९ च ५७७३ नम्बरको कार पनि तोडफोड गरेका छन् ।

घटना स्थलमा तत्काल स्थायी प्रहरी चौकी रमाइलोका प्रहरी आएपछि थप क्षति हुनबाट बचेको थियो । भिड जम्मा हुँदै गएपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न गाह्रो भयो । इप्रका पथरी र सशस्त्र प्रहरी बल शनिश्चरेका बेस क्यामबाट थप सुरक्षा बल थप गरेपछि प्रहरीले साँझ तिर भिडबाट नियन्त्रण लिएका थिए ।

सुकुम्वासी तथा स्थानीयको घेराभित्रबाट ७ घण्टा पछि नियन्त्रणमा लिएका तीन जनालाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी कृष्ण खड्काले बताए । उनीहरू त्यहाँ आएर जग्गाको फोटो खिच्ने र भिडियो खिच्ने काम गर्दै गर्दा स्थानीयले देखेपछि पक्राउ गरी सोधपुछ गर्दै कुटपिट गरेका थिए ।

यहाँ यो घटना भने नौलो होइन, यस अघि २०७३ सालमा पनि यस्ता घटना भएको थियो । उतिखेर तीन जना मध्ये सेरबहादुर मगरले ठुलै ग्याङ ल्याएर नाप जाँप गर्दा स्थानीय र उनिहर बिच झडप भएको वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताए । तीन जना मध्ये सेरबहादुर मगर भू माफियाको मुख्य नाइके रहेको छ ।

घटनामा ती मध्ये सोलुखुम्बु दुधकुन्जा नगरपालिका बस्ने नूतन श्रेष्ठ निर्दोष देखिन्छ । श्रेष्ठलाई कार चालक पर्लादमान सिंह बस्नेतले त्यस तर्फ ल्याएर आएको बताइएको छ । सेरबहादुर मगर र कार पर्लादमान सिंह बस्नेत पुरानो चिनजान भएको उनीहरूले बताएका छन् ।

नूतन श्रेष्ठ काठ्माण्डौं मल्टीप्रपोज कन्स्ट्रक्सन कम्पनीका निर्देशक रहेको छ । पर्लादमान सिंह बस्नेत भने सोही कम्पनीको सिओको चालक रहेको छ । जुन क्षति भएको बा ९ च ५७७३ नम्बरको कार पनि सोही कम्पनीको सिओको कार रहेको कम्पनीको होल्ड टेक्निकल डिपार्टमेन्ट मनोज पौडेलले बताए । काठमाण्डौं मल्टीप्रपोज कन्स्ट्रक्सन कम्पनीले झापाको गौरीगञ्जमा एउटा फाक्टरीको कन्स्ट्रक्सन सम्बन्धी काम भइरहेकोले त्यस तर्फ काममा नूतन श्रेष्ठ आउने जाने गरेको श्रेष्ठले बताए ।

वडा नं. ८ दहिधाप माथि काठमाडौँ निवासी हिरामणी दाहालको नाममा १२ विगाह र हरिप्रसाद दाहालको नाममा १३ विगाहको पुर्जा रहेको छ । उनीहरूको पुर्जाले वन क्षेत्र पनि भेटेको वडाध्यक्ष खड्ग बस्नेतले बताए । जुन क्षेत्रमा सुकुम्वासीको बस्ती रहेको छ ।

दाहाल परिवारले उतिखेर मालपोतको कर्मचारीसँगको मिलेमतोमा पैसा खर्च गरी सो बराबरको जग्गाको पुर्जा आफ्नोमा बनाएको वडाध्यक्ष बस्नेत बताउँछन् । त्यस जग्गामा सेरबहादुर मगरको ७० लाख खर्च गरेको बताउँछ । यस अघि पनि ६ करोडमा जग्गा दिँदै छन् भनेर धरानको गोपाल विष्ट, गछियाको भूपाल तामाङ र सुन्दरहरैचाको अशोक जिम्बा त्यस स्थानमा आएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु