दमक, २७ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ शुक्रबार तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।
हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएर शुक्रबार देखि पसल खुलेका छन् ।
शुक्रबार सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ ।
यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार एक सय रुपैयाँ कायम भएको थियो । चाँदी तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।









