सगरमाथा स्कुल अब इतिहासमा मात्र सीमित रहने

दमक, २७ असार । झापाकै सबैभन्दा पुरानो र ख्यातिप्राप्त सगरमाथा बोर्डिङ स्कुल बन्द भएको छ ।

 

विद्यालय संचालकले चलाउन नसकेर विद्यालय बन्द गरेका हुन् । झापाको पहिलो संस्थागत विद्यालयको रुपमा २०४२ सालमा बिर्तामोडमा सो विद्यालय स्थापना भएको थियो । जुन विद्यालयको दर्ता नं ६ रहेको छ । शिक्षासेवी स्वर्गीय हरिकुमार प्रसाईलगायतले बिर्तामोड ४ मा सो विद्यालय खोलेका थिए ।संस्थापकहरुको कार्यकालमा शतप्रतिशत नतिजा निकालेपछि सगरमाथा आवासीय सेकेन्डरी स्कुलले राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सगरमाथाले जिल्लामा मात्र नभएर देशभरि नै ख्याति कमाएको थियो ।

 

पहिलाका संस्थापकहरुले छोडेर २०६४ सालदेखि सो विद्यालय मोहन सिटौलाले बिर्तामोड ५ मा संचालन गर्नु भएको थियो । सिटौलाले लिएपछि शुरुवातीमा राम्रै चलेपनि पछिल्लो समयमा न्यून विद्यार्थी थिए । राम्रो पढाइ नभएका कारण विद्यार्थीहरुले राम्रो नतिजासमेत निकाल्न सकेका थिएनन् । यस वर्षको एसईई परीक्षामा सो विद्यालय निल भएको थियो । यस वर्ष बिर्तामोड २ चैतुवारीको पंचरत्न मावि र सगरमाथा आवासीय बोर्डिङ स्कुलले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन नसकेका हुन् । पंचरत्नका तर्फबाट १० र सगरमाथाका तर्फबाट ३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

 

कक्षा ८ मा ६ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये २ जना मात्र उत्तीर्ण भएका छन् । नयाँ शैक्षिक सत्रदेखि विद्यालय बन्द गरी सगरमाथाले आफ्ना विद्यार्थी अन्य विद्यालयमा ट्रान्सफर गरेको छ । कक्षा १० का विद्यार्थीहरु टावर टेम्पल स्कुलमा गएका छन् ।

 

विद्यालय नचलेपछि सगरमाथा स्कुल बन्द गरिएको संचालक सिटौलाले पुष्टि गर्नु भयो । उहाँले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अन्य विद्यालयमा पठाइएको जानकारी दिनु भयो । एक समयमा करिव १२ सय विद्यार्थी र ११० जना शिक्षक कर्मचारी रहेको आफ्नो विद्यालयमा पछिल्लो समय विद्यार्थी नभएपछि संचालन गर्न नसकिएको उहाँले बताउनु भयो । शिक्षा क्षेत्रमा लामो समयदेखि लागेका सिटौलाले यसअघि पूर्वाञ्चल उच्च मावि चलाउनु भएको थियो ।

 

सगरमाथा स्कुलको ख्यातिकै कारण सो स्कुल जाने चोकको नाम सगरमाथा चोक राखिएको छ । सगरमाथा चोक रहेपनि सगरमाथा स्कुल अब इतिहासमा सीमित रहने एक स्थानीयले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।