विस्तार हुँदै विकास

दमक–१ मा संघ र प्रदेशको लगानी वृद्धि, विकास योजनामा आएको तीव्रता

दमकको वडा नं १ मा विकासका नयाँ योजनाले तीव्रता पाउँदै

 

दमक|२८ असार ।  पछिल्ला वर्षहरुमा तुलनात्मक रुपमा संघीय तथा प्रदेश सरकारबाट योजना कम पाइरहेको दमक नगरपालिका वडा नं १ मा यस आर्थिक वर्षदेखि भने सरकारी लगानीमा उल्लेख्य वृद्धि देखिन थालेको छ। वडामा विकास निर्माणको गतिमा नयाँ उचाइ ल्याउने गरी संघ र प्रदेशका महत्वपूर्ण योजना लागू हुन थालेका छन्।

 

 

यसअघि स्थानीय बजेटले मात्र धानेको वडा नं १ ले अहिले संघीय र प्रदेश सरकारको समन्वयमा ठूला तथा दीर्घकालीन प्रभाव पार्ने योजना कार्यान्वयन गर्न थालेको हो। विशेषगरी, वडाका मुख्य सडकहरुमा बजेट अभावका कारण वर्षौंदेखि अलपत्र बनेका योजनाहरू अब संघीय तथा प्रदेश सरकारको लगानीमा अघि बढ्न थालेका छन्।

 

वडाका जनप्रतिनिधिहरूका अनुसार, अहिले कतिपय पुराना सडकहरुको स्तरवृद्धि, कालोपत्रे, नाला निर्माण जस्ता कामहरू प्रदेश सरकारमार्फत अघि बढाइएको छ। त्यस्तै, संघीय सरकारले पनि केही मुख्य ट्रंक सडकहरू विस्तार गर्ने र नयाँ ठाउँसम्म सडक ट्र्याक खोल्ने कामलाई प्राथमिकता दिइएको वडा अध्यक्ष हरि न्यौपानेले जानकारी दिनुभयो ।

 

स्थानीय सरकारका अनुसार वडाको नियमित बजेट भने साना संरचनागत काममा केन्द्रित गरिएको छ। जस्तै, वडाभित्रका भित्री गल्लीमा ड्रेनेज निर्माण, सडक मर्मत, ग्रावेलिङ, र ट्र्याक खोल्ने कामहरू वडाको स्रोतबाटै सञ्चालित छन्। “हामीले संघ र प्रदेशलाई मुख्य सडक र ठूला योजना दिन आग्रह गरेका छौं, किनभने त्यहाँ ठूलो लगानी आवश्यक छ। वडाबाट भने स्थानीय स्तरका आवश्यकता पुरा गर्ने प्रयासमा छौं,” वडा अध्यक्ष न्यौपानेको भनाइ छ।

 

 

वडाबासी पनि हाल विकास योजनामा आएको तिव्रता देखेर उत्साहित देखिन्छन्। लामो समयदेखि उपेक्षित रहँदै आएको वडा नं १ अब क्रमशः योजना तथा बजेटका हिसाबले पनि अग्रसर बन्दै गएको महसुस हुन थालेको छ।

 

 

विकास योजनामा देखिएको यो नयाँ गति वडाको पूर्वाधार विकास र जनताको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।