केपी शर्मा ओली

सभामुखलाई एमसिसी रोक्ने अधिकार छैन : ओली

 

 

 

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले संसदमा दर्ता भइसकेको प्रस्ताव संसदमा पेश गर्दिन भन्न नपाइने बताएका छन्।

स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको थापाथलीस्थित पार्टी कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले एमसिसी पेश गर्दिन भन्ने अधिकार सभामुखले नभएको बताए।

‘सरकारले निर्णयार्थ पेश गर्न संसदमा दर्ता गरेको विषयलाई पेश नगरेर रोक्छु भन्ने अधिकार सभामुखलाई छैन, उनले अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन्। ओलीले भने, ‘यो गठबन्धनको निरीहता हो। अधिकारको सीमाभन्दा बाहिर जाँदा पनि कोही चुइँक्क बोल्दैन। संसदले के गर्छ त्यो आफ्नो ठाउँमा होला, संसदलाई निर्णयार्थ दिनुपर्‍यो त्यो अधिकार ।’

एमसिसीका सम्बन्धमा सत्ता गठबन्धनकै नेताहरुले दिएको विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनाको विषयलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोशिश गरेको ओलीको आरोप छ।

‘एमसिसीका अधिकारीहरुसँग दुई नेताले गोप्य पत्राचार गर्छन्, चार पाँच महिनाको समय दिए हामी पास गर्छौं भनेर किटानी गर्छन्। ओलीले भने, ‘जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्। गठबन्धनको एउटा नेता पक्षमा बोल्छ अर्को विपक्षमा बोल्छ।’

प्रधानमन्त्रीले एमसिसीलाई पत्र लेख्ने कुरा प्रोटोकलका हिसाबले, राष्ट्रिय स्वाभिमानका हिसाबले अपमानजनक कुरा भएको ओलीको दाबी छ।

‘पार्टीको अध्यक्षको हैसियतले लेखेको भन्ने हो भने रिपब्लिकन, डेमोक्रयाटिक पार्टीका अध्यक्षहरूलाई लेख्नुपर्थ्यो होला। एमसिसीको प्रमुख कुन पार्टीका अध्यक्ष हुन् ? ओलीले प्रश्न गरे ।

विदेशीहरुको लागि कम्फर्टेबल बन्ने वचनबद्धतासहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुर्‍याइरहेको छ र पुग्दा पनि चुप लागिरहेको ओलीको आरोप छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पैतृक सम्पत्तिमा छोरीको अविच्छिन्न अंश अधिकार र वंशीय उत्तराधिकार

  दमक, २६ फागुन । ​नेपालको न्यायशास्त्रमा पैतृक सम्पत्तिमा छोरीको अधिकार अहिले ‘छनोट’ को विषय नभई ‘बाध्यात्मक कानुनी हक’ को रूपमा स्थापित भइसकेको छ। नेपालको

गौरादहका मेयर कुट्नेका विरुद्ध बोल्यो मानव अधिकार संघठन

दमक, २५ फागुन | गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले आज एक प्रेस

गौरादहका मेयर कुट्ने सिटौलालाई १० दिनको म्याद थप, अब के हुन्छ?

दमक, २५ | फागुन । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई छापड हानेको आरोपमा पक्राउ परेका एक जनामाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप पाएको

‘आवश्यकता अनुसार एमालेमा नेतृत्व परिवर्तन हुन सक्छ’ : नेता बराल

उहाँले भन्नुभयो, “नेकपा एमाले जनताको पार्टी हो। जनताकै मुद्दा र एजेण्डा बनाएर राज्य सञ्चालनको नेतृत्व पनि गर्‍यो। तर त्यसको अनुभूति नागरिकले गर्न सकेनन्। पछिल्लो समय नागरिकसँगको हाम्रो सम्पर्क पनि कमजोर बन्दै गयो।”