त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व निर्वाचनबाट हुनुपर्ने (स्ववियु) का सभापतिहरूको माग

दमक, २८ असार । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिहरूले त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व मनोनयनको सट्टा निर्वाचनबाट हुनुपर्ने माग गरेका छन्।।

 

उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनले आफूखुसी प्रतिनिधि मनोनयन गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् । माग पूरा नभए कानुनी तथा आन्दोलतको बाटोमा जाने चेतावनी पनि दिएका छन्।्।

 

 

त्रिचन्द्र बहुमुखी क्याम्पसका गोविन्द कोइराला, भक्तपुर बहुमुखी क्याम्पसका पुकार पराजुली, पञ्चकन्या बहुमुखी क्याम्पसका भूपी ऐर र जनप्रशासन क्याम्पसका अनिकेत तिवारी लगायत १६ वटा क्याम्पसका स्ववियु अध्यक्षहरूले विज्ञप्ति जारी गरेका छन् ।

 

त्रिवि ऐन, २०४९ ले त्रिवि सभामा दुई जना स्ववियु सभापति सदस्य रहने व्यवस्था गरेको छ । ती प्रतिनिधि छनोट गर्ने प्रक्रियाबारे स्पष्ट कानुनी व्यवस्था नभएको उल्लेख छ। यही अस्पष्टताको फाइदा उठाउँदै त्रिवि कार्यकारी परिषद्ले अपारदर्शी र स्वेच्छाचारी ढङ्गले कुलपति एवं प्रधानमन्त्रीसमक्ष मनोनयनका लागि सिफारिस गर्ने तयारी गरेको उनीहरूको आरोप छ।

 

विज्ञप्तिमा भनिएको छ, ’देशव्यापी रूपमा रहेका त्रिविका सम्पूर्ण क्याम्पसका स्ववियु सभापतिहरूको समान अधिकार रहने हुँदा उक्त प्रतिनिधित्व सबै निर्वाचित सभापतिहरूको खुला प्रतिस्पर्धा वा कुनै विधिको निर्वाचनबाट मात्र हुनुपर्छ।

 

यस प्रक्रियालाई बेवास्ता गरी मनोनयन प्रणाली अपनाउनु लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अलोकतान्त्रिक र गैरजिम्मेवार कदम भएको उनीहरूको भनाई छ।

 

सभापतिहरूले हालै विद्यार्थी प्रतिनिधि बिना नै बोलाइएको त्रिवि सभाको बैठकप्रति समेत आपत्ति जनाएका छन्।। उनीहरूले विद्यार्थी अधिकार सुनिश्चितता र बौद्धिक स्वतन्त्रताका लागि निरन्तर आवाज उठाउँदै आएका सभापतिहरूको अवमूल्यन हुनु निरङ्कुश र खेदजनक भएको जनाएका छन्।।

 

तत्काल निर्वाचनसम्बन्धी कार्यविधि बनाएर मात्र आगामी सिनेट (सभा) गठन गर्न र त्यसबाटै प्रतिनिधि छनोट गर्न उनीहरूले प्रधानमन्त्रीसमक्ष जोडदार माग गरेका छन्।। अन्यथा, विद्यार्थीका अधिकारप्रति पूर्ण सचेत रहेका हामी यस विषयको सम्बोधनका निम्ति कानुनी तथा आन्दोलनको बाटो अपनाउन बाध्य हुनेछौँ, विज्ञप्तिमा चेतावनी दिइएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले