साहित्य एवम संगीतकार सानु लामा अब स्मृतिमा मात्रै सिमित

दमक,२८ असार । नेपाली साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि योगदान र्पुयाउँदै आँउनु भएको सिक्किमको प्रतिष्ठित सर्जक सानु लामाको भारतको सिलिगुडीमा निधन भएको छ ।

 

८५ वर्षीय लामाको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो । केही दिनअघि पानीमा भिजेर अस्वस्थ भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

 

सन् १९३९ जुन १५ मा सिक्किममा जन्मिएका लामाको खास नाम गडुलसिंह लामा हो । तर, साहित्यमा भने उहाँ सानु लामाको रुपमा परिचित हुनुन्थ्यो ।

 

भारतीय नेपाली साहित्यका चर्चित कथाकार, कवि र अनुवादक उहाँ पेसाले इन्जिनियर हुनुन्थ्यो । उहाँका तीनवटा कथा संग्रह प्रकाशित छन्, कथा संपद (१९७१), जोगिका (१९८१) र मृगतृष्णा (१९९३) । उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, उर्दू, असमिया र उडिया भाषामा अनुवाद भइसकेका छन् ।

 

मृगतृष्णा कथाबाट उहाँले सन् १९९३ मा साहित्य अकादेमी पुरस्कार पाउनु भएको थियो । उहाँको आत्मकथात्मक उपन्यास ‘हिमालचुली मुन्तिर’, यात्रावृत्तान्त ‘आँगन पारितिर’, कवितासंग्रह ‘जहाँ बग्छ तिस्ता र रंगीत’, तथा धार्मिक अनुवाद कृति ‘भगवान बुद्ध ः जीवन र दर्शन’ र ‘गुरु पद्मसम्भव’ प्रकाशित छन् ।

 

सिक्किम भानु पुरस्कार, डा. शोवाकान्ति थेगिम स्मृति पुरस्कार र मदन व्याखानमाला पुरस्कार जस्ता सम्मानले पनि विभूषित उहाँलाई सन् २००५ मा भारतीय सरकारले साहित्यिक योगदानको कदरस्वरूप देशको चौथो ठूलो नागरिक सम्मान पद्मश्री प्रदान गरेको थियो ।

 

‘बालापनको आँगन त्यागेर…’ जस्तो लोकप्रिय गीतका रचनाकार लामा सिक्किम, दार्जिलिङ, डुवर्स, असमलगायत क्षेत्रका नेपाली भाषी समुदायमा अत्यन्त सम्मानित स्रष्टा हुनुन्थ्यो ।

शब्द, स्वर र भावनालाई कलात्मक ढंगले प्रस्तुत गर्न सिपालु लामा आफ्ना रचनामार्फत नेपाली जनजीवनका संवेदना उजागर गर्न माहिर हुनुन्थ्यो ।

सयौं कथामार्फत नेपाली साहित्यको भण्डार समृद्ध बनाउने लामाको निधनले नेपाली साहित्यमा अपुरणीय क्षति भएको सिलिगुडीका साहित्यकार सुकराज दियालीले बताए । भने, ‘जीवनभर कलम र मञ्चमार्फत नेपाली चेतना र पहिचानको आवाज बन्नुभएका लामा अब स्मृतिमा मात्रै रहनुभयो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डीएनए नमुना संकलन पछि पहिचान नखुलेका शव अस्थायी रूपमा गाडियो

काठमाडौं ,१६ भदौ । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको