किसान मर्कामा

मोरङमा पनि ‘लम्पी स्किन’को प्रकोप, औषधिको अभाव

धमाधम परिरहेछन् गाईगोरु । बढी मात्रामा बाच्छा बाच्छी मरे ।

पथरी, २८ असार /  झापामा मात्र नभएर मोरङमा पनि केही समययता गाईगोरुमा ‘लम्पी स्किन’ रोगको प्रकोप देखा परेको छ ।

 

झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बेला मोरङमा पनि उस्तै समस्या रहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्र पथरी शनिश्चरे, सुनवर्षीलगायतका पालिकाहरुमा गाईगोरु ‘लम्पी स्किन’ ले मर्दै आएका छन् । पथरी शनिश्चरे १० मा यो प्रकोप बढी देखिएको छ । सो वडाको जिरिखिम्तीमा कृष्णप्रसाद ढुंगानासहितका गोठमा गाईका बाच्छा बाच्छी मर्न पुगेका छन् । ‘लम्पी स्किन’  रोग फैलिएको अवस्थामा सो पालिकाले निःशुल्क प्रदान गर्ने खोपको भनें अभाव भएका कारण महंगो मूल्य तिरेर खोप किन्दै उपचार गर्न स्थानीय वाध्य छन् । जहाँ निजी क्षेत्रका पशुस्वास्थ्यकर्मीले गाउँ गाउँमा गएर उपचार गरिरहेका छन् । उपचार ढिलो हुँदा गाईगोरु मरेर क्षति भइरहेको छ ।

 

गत वर्ष ‘लम्पी स्किन’ को भ्याक्सिनको बजेटनै छुट्याइएको भएपनि यो वर्ष बजेट नहुँदा समस्या भएको नगर प्रवक्ता नवीन कार्कीले जनाउनु भयो । नगर पशुपंक्षी शाखा प्रमुख लक्ष्मी घिमिरेले जटिल अवस्थामा भनें केही मात्रामा रहेको खोप प्रयोग गर्ने गरिएको भएपनि धेरै खोप नहुँदा समस्या भइरहेको दर्शाउनु भयो ।

 

झापामा‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ ।

 

जिल्लाभर किसानहरुले पालेका ५७ हजार ३४८ वटा पशुलाई निःशुल्क खोप लगाइएको भट्टराईले बताउनुभयो । गाईगोरुमा मात्र देखिने ‘लम्पी स्किन’ झापामा भैंसीमा पनि देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।