प्रधानमन्त्री ओली आज पनि झापामै व्यस्त

ओलीले सडक र पुल उद्धघाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने

दुईदिने कार्यक्रम सकेर आज अपरान्ह काठमाडौं फर्किने कार्यतालिका

दमक, २९ असार / इलाम र झापाका कार्यक्रममा सहभागी हुन आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्‌नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी व्यस्त हुनुहुने छ ।

 

अहिले उहाँ दमक ९ स्थित आफ्‌नै निवासमा हुनुहुन्छ । जहाँ कार्यकर्ता तथा सुभचिन्तकहरुको भिडभाड रहेको छ । उहाँसग भेट गर्न, योजनाका बारेमा कुरा गर्न, बिभिन्न ठाउँका जनप्रतिनिधिहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ । आहिलेसम्म आफ्‌नो क्षेत्रमा भएको कामका बारेमा प्रधानमन्त्रीलाई सुनाउन र नयाँ योजनाको फाइल समेत दिन निवासमा उपस्थिति बाक्लो रहेको छ ।

 

 

 

यहाँबाट साढे दशबजे निस्केर दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ । नगरपालिकाले दमक ताराबारी डिपु चोक सडक निर्माण सम्पन्न गरेको र यसको उद्धघाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको हो । प्रधानमन्त्री ओलीकै पहलमा यो सडक दमककै नमुना बनेको छ । साइकल लेन, फुटपाथसहित आकर्षक र दुवै तर्फ सोलार जडित सडकबत्ती समेत जडान गरिएको छ ।

 

 

यसपछि उहाँ दमकबाट दक्षिणतर्फ गौरीगञ्जस्थित हुलाकी राजमार्गमा बनेको रतुवा नदीको पुल उद्धघाटन गर्न जानु हुनेछ । यो पुल बनेपछि अब गौरीगञ्जबाट पश्चिमतर्फ विराटनगर तथा अन्य क्षेत्रमा जान दमक आइरहनुपर्ने बाध्यता हटेको छ । अब कनकाई नदीमा निर्माणाधीन पुल बनिसकेपछि यो राजमार्गको झापाखण्ड पूर्ण रुपमा सञ्चालनमा आउने छ ।

 

 

 

रतुवाको पुल उद्धघाटन सकेपछि उहाँ बिर्तामोडको सिटी सेन्टरमा नेकपा एमाले झापाले आयोजना गरेको कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी बन्नु हुने छ ।

 

 

 

सो कार्यक्रमलाई निर्देशनात्मक सम्बोधन गरेर आजै चन्द्रगढी विमानस्थलबाट प्रधानमन्त्री ओली काठमाडांै फर्कने कार्यतालिका रहेको उहाँको सचिवालय तथा निर्वाचन क्षेत्र समन्वय प्रमुख तुलसी कार्कीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।