दमकमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

दमक,२९ असार । झापाको दमक–३ स्थित मदनडाँगी–ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।

 

 

आज बिहान मे १ ख २८८४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

 

स्कुटर चालक ४४ वर्षीया टिका गौतम गम्भीर घाइते भएकी छन्। उनलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। दुर्घटनापछि आक्रोशित स्थानिय बासिन्दाले सडक अवरोध गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।