दमकमा प्रहरीद्धारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप

दमक,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम रहेको झापाको दमकमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ । रास्वपाले दमकको क्याम्पस मोडमा हस्ताक्षर संकलन कार्यक्रम संचालन गरिरहेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी चलिरहेकाले माइक नबजाउनु भनेर प्रहरीले संझाउँदा नमानेपछि प्रहरीले साउन्ड सिस्टम फुटाइदिएको हो । आफूहरुको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले त्यसलाई नरोक्ने भन्दा प्रहरीले माइक्रोफोन फुटाइदिएको र पेनड्राइभ खोसेर लिएर गएको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताउनु भयो ।

 

प्रहरीले आफूहरुको कार्यक्रममा गरेको हस्तक्षेप निन्दनीय भएको उहाँको भनाई छ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनसमर्थन जुटाउन रास्वपाले हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।