दमक,३० असार । झापाको बिर्तामोड –६ को हरियाली सामुदायिक वन प्रबेश गर्ने गेटको अगाडीपट्टी एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान १० बजे अर्जुनधारा ११ बस्ने ३८ वर्षीय वीरबहादुर दर्जी घोप्टो परी मृत अबस्थामा फेला परेका हुन् । घटनाबारे अस्थायी प्रहरी चौकी बुट्टाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक सुबोध अधिकारीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको जनाएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली गएको बताइएको छ ।








