दमक, ३१ असार | कोशी प्रदेशमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेशका अधिकांश जिल्लामा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकोले नदी आसपासका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरिएको छ।
झापा जिल्लामा रतुवा, कमल, निन्दा, देउनीया, टाङ्टिङ, मेची लगायत साना तथा ठुला नदीहरूमा पानीको सतह उच्च देखिएको छ।
दमक, गौरादह, कनकाई, अर्जुनधारा नगरपालिका साथै बुद्धशान्ति, कचनकवल, झापा, गौरीगन्ज ,कमल, बाह्रदसी गाउँपालिका लगायतका क्षेत्रमा डुबान र बाढीको सम्भावना रहेको मौसमविदहरुले पुर्वानुमान गरेका छन् ।
कोशी प्रदेशका अन्य पहाडी भागहरूमा समेत वर्षाले पहिरोको खतरा बढेको छ।
संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरका उकालो सडकमा सवारी आवागमन असरग्रस्त हुनसक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले कोशी प्रदेशभरि साउन महिनाको अन्त्यसम्म भारी वर्षा जारी रहने अनुमान गरेका छन्। त्यसैले नदी किनार र ढलान क्षेत्रमा बसोबास गरिरहेका परिवारहरूलाई सुरक्षित स्थानमा सर्न र जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरिएको छ।








