ब्युटिसियनहरुको संगठित अभियान, पेशाको सुरक्षामा जोड,

दमक, २ साउन। अखिल नेपाल ब्यूटीसियन श्रमिक संघको स्थापना भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा मङगलबार विशेष वार्षिक कार्यक्रक आयोजना गर्याे । दमक स्थित ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्युटि वल्डको कार्यलयमा भएको कार्यक्रममा ब्युटिसियनहरुको पेशाको सुरक्षाको साथै व्यवसाहिक हक हितकाबारेमा बक्ताहरुले आफ्ना बिचार व्यक्त गर्नु भएको थियो ।। मङगलबार अखिल नेपाल ब्युटिसियन श्रमिक संघको दोस्रो स्थापना दिवसको अवसरमा भएको र्कायक्रममा दमक नगर कमिटिको गठन नोयू आङ्देम्बेको अध्यक्षतामा ७ सदस्य चयन गरी यो र्काक्रममा अखिल नेपाल टे्रड युनियन माहा संघको उपमहासचिव सिता सापकोटा, अखिल नेपाल महिला संघ नेपाल प्रदेश १ को सचिव भुमिका कोइराला र उक्त संगठनको प्रदेश नं. १ को अध्यक्ष गिता लिम्बुको अध्यक्षतामा यो र्कायक्रम सम्पन्न गरिएको थियो ।

ब्युटिपार्लर क्षेत्रमा काम गर्ने सम्पुर्ण महिला तथा पुरुष सबै जनालाई समेट्दै अखिल नेपाल ट्रेड युनियन महासंघ अघि बढेको र यसले सिपको विकास र त्यसको प्रबद्र्धन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको महासंघककि उपमहासचिव सिता सापकोटाले बताउनु भयो । महिलाहरुले सिप सिकेर आत्मनिर्भर बनेर आत्मासम्मानका साथ जिवन अगाडि बढउन सकिने विश्वास राख्दै त्यसका लागी संगठित समेत बन्न आवस्यक रहेको उहाँको भनाई छ ।
हरेक ब्यक्तिको पहिलो हेराई उसको व्यबहारमा देखिदैन । पहिलो नजर त उसको सुन्दरतामै हुन्छ । कुनै पनि घरमा एउटी महिला व्यवसायीक रुपमा आत्मर्निभर भएकी छन् भने त्यो घर घरेलुहिंसामुक्त हुन्छ । यहि बिश्वासका साथ अघि बढ्न आवश्यक रहेको महासंघकि कोशी प्रदेश सचिव भुमिका कोइरालाले बताउनु भयो ।

ब्युटिसियनका यी नेतृत्वले भनेजस्तै गरि दमकमा महिलाहरु आत्मनिर्भर बन्ने लक्ष्य सहित काम सिकिरहेका छन । ग्लोरी ब्युटी पार्लरमा ब्युटिसियन सिकिरहनु भएकी इलामकि डोल्मा शेर्पालाई आफै आत्मनिर्भर बन्नु छ । र यहाँ सीप सिकिरहनु भएको छ ।

फुर्सदको समयको सदुपयोग मात्र हैन यसलाई निकै कामयावी बनाउन सकिन्छ । एस ई ई परिक्षा सकेर लामो समय फुर्सद भयो प्रास्ना भट्टराईको । त्यो खाली समयलाई सदुपयोग गर्दै सीप सिक्ने र १२ कक्षा पढिसकेर यो पेषामा व्यसायीक भएर लाग्ने योजना उहाँको छ ।

सौन्दर्य केवल देखाउने हैन । यो पहिचान पनि हो । यसलाई अझ व्यसायीक , मर्यादित र सम्मानित पेशा बनाउन यस क्षेत्रमा लागेका ब्युटिसियन एकजुट हुन आह्वान गर्नुहुन्छ अखिल नेपाल ब्युटिसियन श्रमिकसंघकी कोशी प्रदेश अध्यक्ष तथा ग्लोरी ब्यूटी पार्लर एण्ड द ब्यूटी र्वल्डकी सञ्चालिका गीता लिम्बू ।

सिपको विकास गराउने अभियान गाउँ तथा टोलसम्मै पुर्याएर हरेक महिलाहरुलाई रोजगार वा स्वरोजगारमा जोड्ने गरिको योजना यो संघले बनाईरहेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने