ढकमक्क फूलेका यी सयपत्री फूल, जसले तीहारलाई मात्रै स्वागत गरेन भारतको आयातलाई समेत प्रतिस्थापीत गर्यो

दमक, २२ कात्तिक। दमकमा उत्पादन भएका सयपत्री फूलले यस वर्ष तिहारको बजारमा राम्रो स्थान बनाएका छन्। स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयात प्रतिस्थापन हुन थालेको छ। तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको माग धान्न स्थानीय उत्पादन पर्याप्त नभए पनि यसले फूलखेतीमा लागेका किसानलाई उत्साहित बनाएको छ।
दमकमा भारतीय सयपत्री फूल र अप्राकृतिक अर्थात् प्लास्टिकका फूल बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लङ्घन गरी बिक्री गरेको पाइए प्रशासनले फूल जफत गरी नष्टसमेत गर्दै आएको छ। यसले स्थानीय किसानको उत्पादनलाई बजार पाउन सहज भएको छ। तर, स्थानीय उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने काम भने समयमै हुन नसकेको उनीहरूको गुनासो छ।

दमक–४ का मदन बोहोराले पाँच कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलखेती गर्नुभएको छ। उहाँको बारीमा फूल ढकमक्क फुलेका छन्। फूलको मागसमेत भइसकेको छ। उहाँले प्रतिकेजी पाँच सय रुपैयाँका दरले बारीबाटै फूल बिक्री गरिरहनुभएको छ। तर, उहाँको उत्पादनले दमकको कुल मागको ५ देखि ७ प्रतिशत मात्रै पूर्ति गर्न सकेको छ।
दमककै अर्का किसान सन्तोष दाहालको परिवारले सात कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ। भारतीय फूलको आयातमा प्रतिबन्धपछि किसान उत्साहित भए पनि बजार व्यवस्थापन, किसान, व्यापारी र उपभोक्ताबीचको सम्बन्ध तथा मूल्यमा एकरूपता कायम गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ।

बजारमा फूलको मूल्यमा एकरूपता छैन। जसले जति सक्यो त्यति मूल्यमा बिक्री गरिरहेको अवस्था छ। दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले एउटा मालाको मूल्य एक सयदेखि एक सय २० रुपैयाँसम्म तोक्नु उपयुक्त हुने बताउनुभएको छ। समयभन्दा अगाडि नै टिपिएका फूल चिस्यान भण्डारमा राख्नुपर्दा लाग्ने शुल्कका आधारमा केही मूल्य थपिन सक्ने भए पनि किसान, व्यापारी र उपभोक्ता सबैलाई न्याय हुने गरी मूल्य निर्धारण गरिनुपर्ने उहाँको भनाइ छ।

 

झापाभरि १७ बिघा १२ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार यस वर्ष जिल्लामा एक लाख १५ हजार सात सय ५० केजी सयपत्री फूल उत्पादन हुने अनुमान छ। पछिल्लो समय झापामा फूलखेतीप्रति युवाको आकर्षणसमेत बढ्दै गएको देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका व्यापारी कानुनको धज्जी उडाउँदै, पालना गर्दैनन् नियम

दमक, २२ कार्तिक । यस वर्षको तिहारमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकजन्य फूल मात्र नभई भारतबाट आयात गरिएका फूलमा समेत प्रतिबन्ध लगाइएको छ।

दमक–रवि चिसापानी सडक निर्माणमा योगदान कसको कति? धर्मगुरु लिङ्देनको आयो यस्तो प्रस्टोक्ति

दमक, २२ कात्तिक। दमकबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोड्ने दमक–रवि–चिसापानी सडक निर्माणका लागि नयाँ ठेक्का लागेको छ। करिब २ अर्ब रुपैयाँमा नयाँ ठेक्का लागेसँगै

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो :मन्त्री चौधरी

काठमाडौं ,२२ कात्तिक । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस

प्रधानमन्त्री पत्नीद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

काठमान्डौ,२२ कात्तिक । प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।   आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना

रवि लामिछानेद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना

काठमाडौं ,२२ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ

ढकमक्क फूलेका यी सयपत्री फूल, जसले तीहारलाई मात्रै स्वागत गरेन भारतको आयातलाई समेत प्रतिस्थापीत गर्यो

दमक, २२ कात्तिक। दमकमा उत्पादन भएका सयपत्री फूलले यस वर्ष तिहारको बजारमा राम्रो स्थान बनाएका छन्। स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयात प्रतिस्थापन हुन थालेको

करौडो लगानीको भ्यूटावर प्रयोगबिहिन

कालीकोट,२२ कात्तिक । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर