नेपाल विद्युत प्राधिकरणबाट अब देखि नयाँ नियम लागु

दमक ,२ साउन । नेपाल विद्युत प्राधिकरणका कर्मचारीको कार्यसम्पादन मूल्यांकन अब विद्युतीय माध्यमबाट गरिने भएको छ। विद्युतीय प्रणालीमार्फत कर्मचारीले फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने व्यवस्था गरिएको बताइएको छ।

साथै, अभिलेख सुरक्षित तथा गोप्य रहने गरी डिजिटल प्रणालीमार्फत राखिने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

विद्युत प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम २९ अनुसार यस्तो व्यवस्था गरिएको बताइएको छ। ‘सम्भवतः नेपालको निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलो पटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्राधिकरणले साउन १ गतेदेखि यो प्रक्रिया लागू गरेको जनाएको छ। यसबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन नियमित, निष्पक्ष, सरल, मितव्ययी, गोप्य, सुरक्षित र विश्वसनीय हुने प्राधिकरणको भनाई छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।