शिक्षक महासङ्घद्धारा शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी

दमक,२ असार । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी अबको २० दिनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।

 

महासङ्घले संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सकेर प्रतिनिधिसभामा पेश गर्न र यही साउन २१ गतेभित्र पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै महासङ्घले आफ्नो ध्यानाकर्षणलाई बेवास्ता गरेमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

 

महासङ्घले गएको चैत २० गतेदेखि झन्डै एक महिना काठमाण्डौ केन्द्रित आन्दोलन गरेको थियो । सरकार र महासङ्घबीच असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति भए पनि अहिलेसम्म ऐन जारी हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले