दमक,२ असार । झापाको बिर्तामोड नगरपालिका–५ बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित १ जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।
घिमिरेले बिर्तामोड–५ मा कोठा भाडामा लिएर प्रतिबन्धित औषधि भण्डारण गरेर राखिएको फेला परेको थियो । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले घिमिरेको कोठामा छापा हानेको थियो ।
त्यस क्रममा घिमिरेको कोठाबाट ट्रमाडोल १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्याब्लेट, डाईक्लोमाईन ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याब्लेट र मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याब्लेट बरामद भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घिमिरेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








