दमकमा फोहोर नफालौ लेखेकै ठाउँमा फोहोरको डङ्गुर, यूवासंघले गर्यो डोजर चलाएर सरसफाई

दमक, ३ साउन । दमकको वडा नं २ स्थित डाकिनी चोक । ढुकुरपानी जाने सडक । डाकीनी नाम गरेको सानो खोल्सी । बाटो अली घुमाउरो छ । अनि यहा एउटा बक्स कल्भर्ट पनि बनाइएको छ । जसले गर्दा यो सडक अन्तर्गत यस क्षेत्रमा दुर्घटना पनि बढि हुन्छ । यो क्षेत्रमा दुर्घटना नहोस भनेर स्थानीयले बिगतमा पुजा समेत गरेका थिए । त्यसपछि यहाँ एउटा बोर्डपनि लगाइएको थियो । फोहोर मैला निषेधित क्षेत्र अर्थात यहाँ फोहोर फाल्न मनाहि छ भनेर । तर फोहोर फाल्न मनाहि लेखेको बोर्डकै अगाडि फोहोरको डङ्गु्र थुपारिएको छ । खासगरि रातको समयमा दमक बजार क्षेत्रका व्यापारीलेनै फोहोर लगेर फाल्ने आशंका स्थानीबासीको छ ।

 

यस क्षेत्रमा खासगरी सिसा र अस्पतालजन्य फोहोरहरु बढि मात्रामा भेटिए । नकुहिने र वातावरणलाई बढि क्षति पुर्याउने फोहोरको डङ्गुरनै यहाँ थुप्रिएको थाह पाएपछि यूवा संघ दमक नगर कमिटीले यस क्षेत्रको फोहोरलाई उठाउने निर्णय गर्यो । त्यसपछि शनिबार बिहानै त्यस क्षेत्रमा आफ्ना सदस्य, सुभचिन्तक र पार्टीका बिभिन्न नेताहरुलाई समेत लिएर युवा सघंको टोली त्यस क्षेत्रमा पुग्यो । यहाँ मान्छेले मात्रै उठाउन सक्ने गरिको फोहोर थिएन । जसले गर्दा फोहोर उठाउनैका लागी डोजर समेत लगियो । डोजरले घण्टौ सम्म फोहोर खनेर निकालेपछि र सहभागीहरुको समेत सहायतामा यो क्षेत्र केहि घण्टामै सफा र चिटिक्क देखियो । यो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओली, कोशी प्रदेश सचिवालय सदस्य अम्बिका खनाल, दमक नगर कमिटी अध्यक्ष राम पौडेल लगायत स्थानीय नेताहरुको सहभागिता रहेको युवा संघ दमक नगर कमिटीका अध्यक्ष छवी खतिवडाले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।