दमक नगरपालिकाको सडकको भित्री भागमा वृक्षरोपण

दमक,५ साउन । दमक नगरपालिकाको वातावरण समितिले वृक्षरोपणलाई प्राथमिकताको साथ अघि बढाएको छ । दमक नगरपालिकाको बिभिन्न स्थानमा मात्रै होईन सडकको भित्री भागमा पनि वृक्षारोपण गरिएको छ । बिशेष गरि वार्ड नं. ६ मा यसरी वृक्षारोपण गरिएको देखिन्छ । यस्तो अभियान किन गरियो ? यसबाट स्थानीयवासीलाई के फाईदा छ त ?

 

सडकको छेउछाउमा वृक्षारोपण गर्दा सडकनै हरियाली भएको र बटुवालाइ पनि सजिलो भएको बताँउनुहुन्छ दमक नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी प्रेम कुँवर । सडकमा रोपिएको विरुवा यदि निजी जग्गामा परेको भए या अरु केही असर गरेको भए हटाउँन र असर नगरेको भए त्यतिकै छोडदिन राम्रो हुने उहाँको सुझाव छ ।

 

प्रेम कुँवरकै जस्तो विचार ब्यक्त गर्नुहुन्छ सोही वडाका अर्का स्थानीयवासी मनवीर राई । यसरी सडक छेउमा बृक्षारोपण गर्दा गर्मीको समयमा बटुवालाई सित्तल हुने उहाको भनाइ छ । यसले बटुवालाई सित्तल बनाउने मात्र नभई सो क्षेत्रको शौन्दर्य समेत बढ्ने उहाँको बुझाइ छ ।

 

दमक नगरपालिकाको वातावरण समितिको तर्फबाट बढ्दो जलवायु परिवर्तनलाई ख्याल गर्दै नगरपालिकाभरी सबै वडासँग समन्वय गरेर वातावरण समितिबाट वृक्षारोेपण भइरहेको बताउनुहुन्छ दमक नगरपालिकाको वातावरण समितिका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा । वडा नम्बर ६ सहित नगर भरि ५० फुटे सडकको किनारामा विरुवा रोप्ने अभियान अहिलेसम्म ५० प्रतिशत मात्र भएको र साउन १५ भित्र सबै विरुवा रोपी सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ । वातावरण समितिको तर्फबाट ४ लाख बजेट छुट्याएको र त्यहि बजेटले विरुवा खरिद गरेको उहाले जानकारी दिनुभयो ।

 

सुन्दर दमक हरित नगर बनाँउने उदेश्यका साथ दमक नगरपालिकाको सबै वडाहरु वृक्षरोपण अभियानमा जुटेका छन् । बृक्षारोपण गर्नाले वातावरण मात्र होइन व्यक्तिको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यो अभियान दमक नगरभर अघि बढेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको