प्रतिकिलो ११०० रुपैयाँ कायम

प्रतिकिलो १०० रुपैयाँले बढ्यो घिउको मूल्य

 

 

काठमाडौं । निजी क्षेत्रका दुग्ध प्रशोधन र बिक्री गर्ने डेरी उद्योगहरुले सबै प्रकारका दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेका छन् ।

गत शुक्रबार स्ट्याण्डर्ड दूधको मूल्य बढाउने घोषणा गरेका उनीहरुले कच्चा दूधको मूल्य बढेको भन्दै सबै दुग्ध पदार्थको मूल्य बढाएका हुन् ।

बढेको नयाँ मूल्यअनुसार विभिन्न प्रकारका प्रशोधित दूधको मूल्य लिटरमा कम्तीमा १० देखि बढीमा २० रुपैयाँसम्म बढेको छ भने पनिर, घिउ, दहीको उपभोक्ता मूल्य किलोमा ५० देखि १०० रुपैयाँसम्मले वृद्धि भएको डेरी उद्योग संघ र नेपाल डेर एसोसिएसनले जनाएका छन् ।

फागुन १ गतेदेखि स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ७६ बाट बढेर ८६ रुपैयाँ लिटर पुगेको छ । यस्तै गाईको दूधको मूल्य ९० रुपैयाँबाट बढेर १०४ रुपैयाँ पुर्‍याइएको छ भने खुल्ला प्याकेटको दूधको मूल्य लिटरमा २० रुपैयाँसम्मले वृद्धि गरिएको छ ।

गाई र भैंसीको भन्दै लिटरमा ९५ देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने यस्तो दूधको मूल्य अहिले कम्तीमा ११५ देखि १२० रुपैयाँसम्म लिटरमा पुगेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

यस्तै दूधको मूल्यसँगै डेरी उद्योगहरुले दहीको मूल्य पनि लिटरमा १० रुपैयाँ बढाएका छन् । यसअघि लिटरमा १४० रुपैयाँमा पाइने पाउच दहीको मूल्य अब कम्तीमा १५० रुपैयाँ पुगेको छ । यस्तै कन्टेनर दहीको एका थरिको मूल्य लिटरमा १६५ र अर्को थरिको मूल्य १७० रुपैयाँ तोकिएको छ ।

निजी डेरी उद्योगहरुले कपमा पाइने दहीको मूल्य पनि ४० रुपैयाँ पुर्‍याएका छन् । पनिरको मूल्य किलोमा ८० रुपैयाँले बढाएर ८३० रुपैयाँ किलो पुर्‍याइएको छ भने घिउको मूल्य पनि किलोमा १०० रुपैयाँले बढाएर प्रतिकिलो ११०० रुपैयाँ कायम गरिएको छ ।

हेर्नुहोस् मूल्य सूचीः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर

नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

काठमाडौं,६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल

प्रधानमन्त्रीको न्युयोर्क यात्रामा कुनै किसिमको ‘तामझाम’ नगरिने

काठमाडौँ,६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने हुनुभएको छ। उच्चस्तरीय

जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’

काठमाडौं,६ असोज । जलवायु न्याय, जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति तथा जीवाश्म इन्धनमुक्त भविष्यको माग गर्दै गत शुक्रबार काठमाडौंको बसन्तपुरसहित नेपालका विभिन्न स्थानमा ‘ग्लोबल डे अफ एक्सन’

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका