कृतित्व/व्यक्तित्व

भूमिप्रसाद दाहाल ‘जिज्ञासु’ को साहित्यिक यात्रा र ‘स्वप्न महल’

दमक, ९ साउन /  ४७ वर्ष अघिबाट साहित्य लेखनमा लाग्नु भएका उहाँ सृजनायात्राका क्रममा यसबेला सबैभन्दा बढी खुसी हुनुहुन्छ । अर्थात झापा दमक ९ का साहित्यकार भूमिप्रसाद दाहाल ‘जिज्ञासु’को पहिलो कृतिका रुपमा रहेको कविता संग्रह ‘स्वप्न महल’प्रकाशनको खुसीको माहोलमा सोही संग्रहबाट उहाँले प्रस्तुत गर्नुभएको ‘टिन, फलाम, खिया, जमिन र कलम’ शिर्षकको कविता कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

 

उहाँ अध्यापनरत दमक बहुमुखी क्याम्पसको नेपाली र अंग्रेजी विभागको संयुक्त आयोजनामा सोही क्याम्पसमा ०८२ सालको असार ३१ गते लोकार्पित भयो ‘स्वप्न महल’ । शासन सत्ताका सामु जहिले पनि मानिसका अधिकार, आवश्यकताहरु अधुरा हुने र विकृति विसंगतिले घर गर्ने गरेको परिवेश ‘स्वप्न महल’ जस्तै भएको चित्रण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि दमक क्याम्पसका पूर्व प्रमुख, साहित्यकार एवम् प्राच्य विज्ञान अनुसन्धान केन्द्रका संस्थापक मोहनप्रसाद भण्डारीले कृतिले समग्रमा जीवन र जगतप्रतिको वेथिती विरुद्धको विद्रोह बोलेको निर्क्यौल निकाल्नु भयो ।

 

कविताहरुलाई हुर्काइ बढाई परिपक्व बनाएर कृतिका रुपमा ल्याउनु भएको सन्दर्भ जोडेर उहाँका सहकर्मी प्राध्यापक एवम् साहित्यकार शिव रेग्मी प्रणतले ७ प्रकारका विषयवस्तु संग्रहमा भेटिएको सन्दर्भ एक एक पर्गेल्नु भयो । सोही क्याम्पसका प्राध्यापक एवम् लेखक बास्कोटा धनञ्जयले समीक्षात्मक टिप्पणी गर्दै अग्निहोत्रको नाभिबाट ‘स्वप्न महल’ उठेको दृष्टान्त दिनुभयो ।

 

कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईले कृतिको नवीन प्रकारको प्रयोगको सन्दर्भ उठान गर्नुभयो ।

 

कृतिकार दाहालका भाई अमेरिकन फिजिकल सोसाइटी डिपार्ट प्रमुख डा. हरिप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार दाहालको कृतित्व र व्यक्तित्वका बारेमा उत्साहप्रद चर्चा अघि सार्नुभयो ।

 

अमेरिकामा जन्मे हुर्केकी कृतिकारकी भतिजी कृष्टिना दाहालले नेपाली मायाको गीत प्रस्तुत गरेर जहाँ बसेपनि नेपालीपन र नेपालीमन कहिल्यै विरानो नहुने सन्देश दिनुभयो ।

 

मानविकी तथा शिक्षा शास्त्र संकायका विद्यार्थीका लागि कृति लोकार्पणको समीक्षा अवलोकन कार्यक्रमका रुपमा समेत त्यसलाई लिइएको थियो । जसमा दमक क्याम्पसका विद्यार्थीहरुको चासोपूर्ण उपस्थिति रहेको थियो । बुबा जीवनाथ दाहाल र आमा खगमाया दाहाललाई सम्मुखमा राखेर आशिर्वाद माग्दै अनि दीपकुमारीको सहयात्राको प्रेमिल उर्जामाझ संयोजन गरिएको कार्यक्रममा साहित्यकार तथा आफन्तजनको उत्साहप्रद सहभागिता रह्यो । जसको अध्यक्षता क्याम्पसको नेपाली विभागका प्राध्यापक प्रविण कार्कीले गर्नुभएको थियो ।

 

५९ पृष्ठमा ४१ कविता समेटिएको सो कृतिको ‘प्रकाशक’ प्रतिभा निकेतन रहेको छ । सर्जक दाहालको उपन्यास र समालोचना कृति पनि प्रकाशनको संघारमा छन् । उहाँ जीवन स्मृति प्रतिष्ठानको अध्यक्ष र प्रतिभा निकेतनको सदस्य रहनु भएको छ । २०५५ सालबाट दमक बहुमुखी क्याम्पसमा प्राध्यापन थाल्नु भएका उहाँले त्यहाँ नेपाली विभाग प्रमुख, प्रकाशन इकाइको संयोजकहुँदै हाल अनुसन्धान व्यवस्थापन इकाइको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

 

वि.सं.२०२२ सालमा हिलिहाङ पाँचथरमा जन्मिइ संस्कृतमा शास्त्री र नेपालीमा एमए गर्नुभएका दाहाल स्नातकोत्तर गरेको लामो समयको अन्तरालमा यसबेला विद्यावारिधी अध्ययनरत हुनुहुन्छ । उहाँले अध्ययनका क्रममा भारतमा रहँदा सन् १९८३ मा नेपाली छात्र संघ हरिद्वारबाट प्रकाशित ‘सगरमाथा’ पत्रिकामा शिक्षा निवन्धबाट लेखनयात्रा थाल्नु भयो । उहाँ कविता, कथा र समालोचना क्षेत्रमा कलम चलाएर नेपाली भाषा र साहित्यको श्रीवृद्दि र समाज रुपान्तरणको यात्रामा लागिपरिरहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही