दमक, २८, साउन । नेपालमै पहिलो पटक सहकारी आवास बनाएर देशभरी चर्चा कमाएको दमकको मेचि बहुउद्धेस्य सहकारी सस्था लि. को सञ्चालकहरु फेरवदल भएका छन । अध्यक्षमा नारायण भट्टराईनै दोहोरीनु भएको छ भने केहि पदाधीकारी र सदस्यहरु फेरीनु भएको छ ।
झापामा सहकारीहरु राम्रैसग फस्टाएका छन् । सहकारीमा राम्रो मलजल पाउने झापामा मेची सहकारीले पनि राम्रै उत्पादन दिइरहेको छ । अर्थात सदस्यहरुको मन जीत्न नयाँ नयाँ काम र कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । पछिल्लो पटक आफ्ना घर बिहिन शेयर सदस्यहरुलाई घर किन्न सहज हुने गरि सहकारी आवास बनाएर केहि केहि विवाद भएपनि धेरैचाहि सकरात्मक चर्चा कमाएको मेची बहुउद्धेस्य सहकारी सस्थाले आफ्ना केहि नयाँ योजना पनि सार्वजनिक गरेको छ ।
अहिले सस्थाको सञ्चालकहरुमा केहि फेरबदल भएको छ । र अधिकांश पुरानै अनुहार आएपनि सस्थामा लामो समय देखी रहेर निगरानी गरिरहेका, सहकारी सम्बन्धी अध्ययन गरिरहेकाहरुनै नेतृत्वमा आउनु भएको छ । जसमध्ये सचिव पदमा फेरी पनि नयाँ कार्यकालमालागी समेत सर्वसम्मत्त चयन भएर आउनु भएका राजेन्द दाहाल सस्थाले आफ्ना सदस्यहरुलाई जन्म देखि मृत्यु सम्मका अवस्थामा निरिन्तर सेवा गरिरहेको र सुविधा प्रदान गरिरहेको बताउनु हुन्छ ।
सहकारी आवासको सफलता पछि अव सहकारी विद्यालय नयाँ ड्रीम प्रोजेक्ट गर्ने योजनामा रहेको पनि उहाँले उज्यालो खवरसगको संवादमा सुनाउनु भयो । यती मात्रै नभएर मेची जल उद्योग समेत सञ्चालनको अन्तिम तयारी भएको उहाँले जानकारी दिनुभयो । यी लक्ष्य पुरा गर्न वर्तमान सञ्चालक समिती सक्षम रहेको उहाँको दावि छ ।
सहकारीहरुमा अहिले आम सर्वसाधारणको विस्वास घट्दो छ । तर मेचि सहकारी आफ्ना सदस्यहरुलाइ खुट्टा नडगमगाउन आग्रह मात्रै गर्दैन त्यहि अनुसारको आर्थीक, तथा सामाजीक काम पनि गरिरहेको सस्थाको नेतृत्व गर्न फेरी अध्यक्ष बन्नु भएका नारायण भट्टराईको भनाई छ । सदस्यहरुलाई उत्पादनमा जोड्दै, आर्थीक पारदर्शीता कायम राखेर सस्थालाई नयाँ गतीमा लैजाने गरि काम गर्ने योजना रहेको उहाँले सुनाउनु भयो ।
सहकारी आफ्नै अभियान हो । तर यसमा स्वार्थी समुहको हावी भयो भने अभियानलाईनै बदनाम बनाइदिन सक्छन । अहिले नेपालमा भएको यहीनै हो । एउटा बिराउने शाखा पिरोल्ने भन्ने उखानका कारण अहिले सहकारीहरु प्रतिको बिस्वास घटिरहदा दमकको मेची सहकारी सस्था अडीग भएर सदस्य समर्पीत भइरहेको देख्न सकिन्छ ।









