शब्द सुमन

प्रिय नन्दन दाइ

विद्वानहरूले भने, ‘उमेर साथीहरूको सङ्ख्याले गन, जीवन मलामीको सङ्ख्याले ।’ कथाको दुनियामा यो पनि एक पाल्सी कथा रहेछ । आंशिक सत्य कथा मात्र रहेछ । जीवनको खास मूल्य मलामीको भीडले नाप्नु पनि कहिलेकाहीँ ठूलो भूल रहेछ । भ्रम रहेछ ।
आज घाटमा समुपस्थित चितवनका धेरै लेखकहरूको भ्रम तोडिएको हुनुपर्छ । मैले पनि सोचेको थिएँ, तपाईँको दुखद मृत्युमा चितवनले मनैदेखि अपुरणीय क्षति महसुस गर्ने छ । आज मलामीको जनसागरले देवघाट भरिने छ ।
नारायणी कला मन्दिरमा प्रसाद श्रेष्ठ, सहन प्रधान लगायत गायक सङ्गीतकारले स्वर्गको सुन्दर सपना फुल्ने त्यो हाम्रो गाउँ छ… गाएर दिएको ट्रिब्युट निकै प्रसंसायोग्य थियो । सोचेको थिएँ, शोकमा डुबेको नारानघाट आज देवघाटमा भीड लाग्ने छ । तपाईँले साहित्य र सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको मरणोपरान्त कदर गर्ने छ नारानघाटले । व्यापार गर्ने कलाकौशलले समृद्ध नारानघाट आज तपाईँको मृत्युमा पनि किन एक घण्टा सटर बन्द गरेर घाटसम्म आउन चाहेन ? तपाईँले जन्माउनु र हुर्काउनु भएको कला मन्दिर, जहाँ सामान्य गीत नृत्यका कार्यक्रममा पनि भीड लाग्छ- आज किन औपचारिक कार्यक्रममा मात्र सिमित भयो ? किन कैयन् लेखकहरू तपाईँको अन्तिम यात्रामा निस्कन उदासिन भए ? (लेखकहरूको उपस्थिती अन्यको तुलनामा उल्लेख्य भएको चाहीँ सत्य हो ।)
तर सत्यबोध भएको छ, सर्जकको मूल्य ओठे गुनगानमै सिमित गर्दो रहेछ समाजले । समाजको अन्तरमा सिर्जनाको मूल्य भन्दा द्रव्य, शक्ति र सत्ताकै मूल्य वजनदार रहेछ । तपाईँको ठाउँमा कोही नेता वा व्यापारी भएको भए स्थिति अर्कै हुने थियो ।
प्रिय नन्दन दाइ, तपाईँ बितेर जानु भयो । दुख छ । मृत्युको सास्वत विधान, यसरी बुझ्न पनि सकिन्छ- तपाईँ जीवन दुखबाट मुक्त हुनुभयो । तपाईँका लागि अब को साथी ? को मलामी ? ह्वगु या जी थ्व ? तर तपाईँको मृत्युले हाम्रो समाजको चिन्तन चाहीँ उदाङ्गो पारिदिएको छ ।
(मलाई माफ गर्नु नन्दन दाइ, यति नलेखि मन मानेन)
(चितवन)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा