अव्यवस्थित रुपमा चेकिङ गर्ने क्रममा एक जनाको मृत्यु

दमक, ५ भदौ । अँध्यारोमा प्रहरी चेकिङ नदेखेपछि ट्रकको पछाडि ठोक्किएर विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति ८.२० बजेतिर बिराटनगर –४ दुधफारमस्थित कोशी राजमार्गमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमाण्डमा खटिएको चेकिङ टोलीले ट्राफिकसहित संयुक्तरुपमा चेकजाँच गरिरहेको थियो । त्यसक्रममा बिराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१क ५१८९ नं. को मिनी ट्रकलाई रोकी चेकजाँच गरिरहेका बेला सोही दिशाबाट प्रदेश १–०२–००४६ प ६४०१ नं. को मोटरसाइकल तिव्र गतिमा आई उक्त मिनी ट्रकको पछाडी ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका –६ बस्ने २८ वर्षीय पुष्पकुमार चौधरी गंभीर घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगी डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मिनी ट्रक, मिनी ट्रक चालक मोरङ बुढीगंगा –१ बस्ने ३१ वर्षीय सन्तोषकुमार आचार्य र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको जनाएको छ । अव्यवस्थित रुपमा चेकिङ गर्ने प्रहरीमाथि भने कुनै पनि कार्वाही गरिएको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले