अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

दमक | ५ भदौ | पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो ।

पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्ति समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नु पर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भई रहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिनुभएको छ ।

पहाडी धरातल र लेदो बगि रहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ । ग्याविन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरि सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताउनुभयो । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहिबार अपह्रान्ह देखि ठुला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानले जानकारी दिनुभयो । यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमानै परिचालित रहेको उहाँले जनाउनुभयो ।

केहि दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गई रहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिनु भएको थियो । दिर्घकालिन समाधानका लागि केहि समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरि प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले